पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को

पन्जाबलाई ६९ रनको विशाल अन्तरले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल २०२० अन्तर्गत तेश्रो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १६.५ ओभरमा १३२ रन मात्र बनाउन सक्यो।

पन्जाबको लागि निकोलस पुरनले ३७ बलमा ५ चौका र ७ छक्का मद्दतले सर्वाधिक ७७ रन बनाए। केएल राहुल र सिमरन सिंहले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लक्ष्य पछ्याउदा पन्जाबले कमजोर सुरुवात गर्यो। ओपनर मायाँक अग्रवाल ९ रन बनाएर दोश्रो ओभरमा रन आउट भए। चौथो ओभरमा ११ रन बनाएका सिमरन सिंहलाई खलिल एहमदले क्याच आउट गराए। सातौँ ओभरमा १६ बलमा ११ रन बनाएर कप्तान केएल राहुल अभिषेक शर्माबाट क्याच आउट भए।

निकोलस पुरनले सिजनकै छिटो अर्धशतक बनाए

५८/३ को अवस्थाबाट निकोलस पुरनले सिजनकै छिटो अर्धशतक बनाउदै टिमको योगफल १०० रन पार गराए। तर त्यसपछि पुनः पन्जाबले विकेट गुमाउन थाल्यो। १२ बलमा ७ रन बनाएर ग्लेन म्याक्सवेल रन आउट भए। मन्दिप सिंह ( ६ ) र मुजिब उर् रहमान ( १ ) लगातार ओभरमा आउट भए। त्यसपछि १५ औं ओभरमा एक किनार सम्हालीरहेका पुरनलाई राशिद खानले क्याच आउट गराउदै खेलमा हावी गराए।  त्यसपछि पन्जाब खेलमा फर्कन सकेन।

हैदरावादको बलिंगमा लेग स्पिनर राशिद खानले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १२ रन खर्चिए। खलिल एहमद ( ३-०-२४-२ ) र टि नटराजनले ( ३.५-०-२४-२ ) समान २ विकेट तथा अभिषेक शर्मा ( १-०-१५-१ ) ले १ विकेट लिए।

हैदरावादको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गर्दै हैदरावादले ६ विकेट गुमाएर २०१ रन बनाएको थियो।

हैदरावादको लागि ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै डेभिड वार्नरले ४० बलमा ५२ रन बनाए जुन क्रममा ५ चौका र १ छक्का हिर्काए। वार्नर र बेयरस्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेका थिए। दुवैले लिगमा शतकीय साझेदारी गरेको यो पाँचौ पटक हो।

बेयरस्टो र वार्नरले १६० रनको ओपनिंग साझेदारी गरेका थिए

१६ औं ओभरको पहिलो बलमा वार्नरलाई रभी बीस्नोइले क्याच आउट गराउदै ओपनिंग साझेदारी तोडेका थिए। सोहि ओभरमा बिस्नोइले जोनी बेयरस्टोलाई एलबिडब्लु आउट गरे। त्यसपछि हैदरावादले लगातार विकेट गुमायो। मनिष पाण्डे ( १ ) , प्रियम गर्ग ( ० ) र अब्दुल समद ( ८ ) लगातार आउट भए। अन्तिममा अभिषेक शर्माले ६ बलमा १२ रन तथा केन विलियमसनले १० बलमा २० रन बनाउदै टिमको योगफल २०० पार गराए।

१५ ओभरमा १६०/० को अवस्थाबाट हैदरावादले अन्तिम ५ ओभरमा भने लगातार विकेट गुमाउदा अझ विशाल लक्ष्य बनाउने मौका गुमायो। अन्तिम ५ ओभरमा उसले ६ विकेट गुमायो भने मात्र ४१ रन बनाउन सक्यो।

पन्जाबको बलिंगमा लेग स्पिनर रभी बिस्नोइले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै २९ रन खर्चिए। त्यस क्रममा बिस्नोइले वार्नर, बेयरस्टो र समदको विकेट लिए। यस्तै अर्शदिप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामीले ( ४-०-४०-१ ) १ विकेट लिंदा शेल्डन कटरेल ( ४-०-३३-० ) , मुजिब उर् रहमान ( ४-०-३९-० ) र ग्लेन म्याक्सवेल ( २-०-२६-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

छैठौं खेलमा तेश्रो जित पछि हैदरावाद अंकतालिकामा छैठौं स्थानबाट फड्को मार्दै तेश्रो स्थानमा पुगेको छ। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो। मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ।

हार पछि पन्जाब भने ६ खेलमा १ जित र ५ हार पछि २ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। ४ अंक रहेको चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार कोलकाता बिरुद्ध तथा हैदरावादले आइतबार राजस्थान बिरुद्ध खेल्ने तालिका रहेको छ। लिग अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्नेछन्।

विस्फोटक ब्याटिंग गर्दै पुरनले बनाए सिजनकै सबैभन्दा छिटो अर्धशतक

धोनीले बताए कोलकातासंग हारको कारण

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा

सहज थिएन स्टोक्सको युएई यात्रा





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]