युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा पन्जाबले दोश्रो सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। पन्जाबले शिर्ष-४ प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ।
एकै दिनको २ खेलको नतिजा सुपर ओभरमा आएको हो। यस अघि पहिलो खेल पनि सुपर ओभरमा कोलकाताले हैदरावादलाई पराजित गर्दै जितेको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पन्जाबले पहिले ब्याटिंग गर्दै ५ रन बनाएको थियो। ६ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ रन मात्र बनाउन सकेपछि खेल दोश्रो सुपर ओभरमा पुगेको थियो। दोश्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पन्जाबले ४ बलमै पुरा गर्दै सनसनीपूर्ण जित दर्ता गर्यो।
पहिलो सुपर ओभरमा के भयो
सुपर ओभरमा पन्जाबले ब्याटिंगमा निकोलस पुरन र केएल राहुललाई सुरुवात गर्न पठायो। मुम्बईले जस्प्रित बुम्राहलाई बलिंग दियो।
बुम्राहको पहिलो बलमा राहुलले १ रन लिए। दोश्रो बलमा पुरनलाई अनुकुल रोयमार्फत बुम्राहले क्याच आउट गराए। तेश्रो बलमा राहुलले पुनः १ रन लिए। चौथो बलमा दिपक हुडाले पनि १ रन लिए। पाँचौ बलमा राहुलले २ रन लिए। छैठौं बलमा बुम्राहले राहुललाई एलबिडब्लु आउट गरे। पन्जाबले ५ रन मात्र बनाउन सक्यो र मुम्बईलाई ६ रनको लक्ष्य दियो।
लक्ष्य पछ्याउने क्रममा मुम्बईले ब्याटिंगमा रोहित शर्मा र क्विन्टन डीककलाई पठायो भने पन्जाबले बलिंग मोहम्मद शामीलाई दियो।
शामीले पहिलो ३ बलमा १/१ रन मात्र दिए। पहिलो र तेश्रो बलमा डीककले तथा दोश्रो बलमा रोहितले १ रन लिए। चौथो बलमा शामीको योर्करमा रोहितले रन बनाउन सकेनन्। २ बलमा जित्न ३ रन आवस्यक रह्यो जुन बेला पाँचौ बलमा रोहितले १ रन लिए। अन्तिम बलमा जितको लागि २ रन आवश्यक रह्यो। छैठौं बलमा डीकक दोश्रो रन लिनेक्रममा रन आउट भए जसपछि सुपर ओभर बराबरी हुन पुग्यो। पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोश्रो सुपर ओभरमा पुग्यो।
दोश्रो सुपर ओभरमा के भयो
पहिलो पटकको सुपर ओभरमा हिस्सा भएका खेलाडीहरुले दोश्रो पटक सुपर ओभरमा ब्याटिंग र बलिंग गर्न पाएनन्। त्यसैले दोश्रो सुपर ओभरमा मुम्बईले ब्याटिंगमा काइरन पोलार्ड र हार्दिक पान्ड्या तथा तेश्रो ब्याट्सम्यानको रुपमा सुर्यकुमारलाई राख्यो। पन्जाबको लागि क्रिस जोर्डनले बलिंग गरे।
जोर्डनको पहिलो बल योर्करमा पोलार्डले १ रन लिए। त्यसपछिको बल वाइड गरे। दोश्रो बलमा हार्दिकले १ रन लिए। तेश्रो बलमा पोलार्डले चौका हिर्काए। जसपछिको बलमा जोर्डनले पुनः वाइड दिए। त्यसपछि चौथो बलमा २ रन लिने क्रममा हार्दिक रन आउट हुन पुगे। पाँचौ बलमा पोलार्डले रन बनाउन सकेनन् जुन बलमा अम्पायरले आउट दिए पनि रिभ्यु मागेपछि निर्णय फिर्ता भयो। छैठौं बलमा पोलार्डले २ रन लिए। मायाँक अग्रवालले बाउन्ड्रीमा उत्कृस्ट बचाउ गर्दै छक्का हुने बललाई २ रनमा परिणत गरे।
मुम्बईले कुल ११ रन बनाउदै पन्जाबलाई १२ रनको लक्ष्य दियो।
पन्जाबले ब्याटिंगमा क्रिस गेल र मायाँक अग्रवाललाई पठायो भने मुम्बईले ट्रेन्ट बोल्टलाई बलिंग दियो।
बोल्टले पहिलो बल फुल टस गरे जसलाई गेलले छक्का हिर्काए। दोश्रो बलमा गेलले १ रन लिए। तेश्रो बलमा अग्रवालले चौका हिर्काए। चौथो बलमा अग्रवालले चौका हिर्काउदै टिमलाई जित दिलाए।
आईपीएल इतिहासमै एकै खेलमा २ पटक सुपर ओभर भएको यो पहिलो पटक हो भने एकै सिजन २ पटक भन्दा बढी सुपर ओभर भएको यो पहिलो पटक हो। लिग अन्तर्गत यस अघि पनि पन्जाबले दिल्लीसंगको खेल सुपर ओभरमा हारेको थियो। उक्त खेलमा पन्जाबले पहिले ब्याटिंग गर्दै मात्र २ रन बनाउन सकेको थियो।
राहुल र हुडाको उत्कृस्ट ब्याटिंग
यस अघि मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रननै बनाएको थियो।
पन्जाबको लागि कप्तान केएल राहुलले लिगको पाँचौ तथा लगातार तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७७ रन बनाए। उनले ५१ बलमा ७ चौका र ३ छक्का हिर्काए। क्रिस गेल र निकोलस पुरनले समान २४ रन बनाए। गेलले २१ बलमा १ चौका र २ छक्का तथा पुरनले १२ बलमा २ चौका र २ छक्का हिर्काए। दिपक हुडाले अविजित १६ बलमा २३ रन बनाए जुन क्रममा १ चौका र १ छक्का हिर्काए। क्रिस जोर्डनले ८ बलमा २ चौका मद्दतले १३ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर ओपनर मायाँक अग्रवाल चौथो ओभरमा बुम्राहबाट बोल्ड भए। अग्रवाल र राहुलले ३३ रनको साझेदारी गरे। दोश्रो विकेटको लागि राहुलले गेलसंग ४२ रन जोडे। १० औं ओभरमा लेग स्पिनर राहुल चाहरले गेललाई बोल्टबाट लंग-अफमा क्याच आउट गराए।
त्यसपछि क्रिजमा आएका निकोलस पुरनले क्रिजमा आएलगत्तै आक्रामक ब्याटिंग सुरु गरेर बढ्दो आवस्यक रन गति घटाए। चाहर र पोलार्डको १० औं र ११ औं ओभरमा उनले २ चौका र २ छक्का हिर्काए।
१३ औं ओभरमा बुम्राहले पुरनलाई क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। ओभरमा उनले मात्र ३ रन खर्चिए। लगत्तै ओभरमा ग्लेन म्याक्सवेललाई खाता नखोली रोहित शर्माबाट क्याच आउट गराउदै चाहरले दोश्रो शिकार बनाए।
राहुललाई त्यसपछि दिपक हुडाले साथ दिए। रन गति बढ्दै गर्दा बुम्राहले गरेको १६ औं ओभरमा हुडाले १ छक्का तथा राहुलले १ चौका मद्दतले १५ रन बनाए। त्यसपछि अन्तिम ४ ओभरमा जित्न ३७ रन आवस्यक रह्यो।
जित सहज देखिदै गर्दा १८ औं ओभरको तेश्रो बलमा बुम्राहले राहुललाई बोल्ड गर्दै मुम्बईलाई पुनः खेलमा फर्काए। उक्त ओभरमा बुम्राहले मात्र ५ रन खर्चिए। अन्तिम २ ओभरमा जित्न पन्जाबलाई २२ रन आवस्यक रह्यो। १९ औं ओभरमा नाथन कौल्टर नाइलको ओभरमा हुडा र जोर्डनले १/१ चौका प्रहार गरे जुन ओभरमा १३ रन आयो। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक रह्यो।
अन्तिम ओभर बलिंग गर्न बोल्ट आए। पहिलो बलमा हुडाले १ रन लिए। दोश्रो बलमा जोर्डनले ब्याटको भित्रि किनारा लाग्दा फाइन लेगमा चौका प्रहार गरे। जितको लागि ४ बलमा ४ रन आवस्यक रह्यो। तेश्रो बलमा जोर्डनले १ रन लिए। चौथो बलमा बोल्टले योर्कर गर्दै डट बल गरे जसपछि जित्न २ बलमा ३ रन आवस्यक रह्यो। पाँचौ बलमा हुडाले १ रन लिए। अन्तिम बलमा जित्न २ रन आवस्यक रह्यो। अन्तिम बलमा २ रन लिने क्रममा जोर्डनलाई पोलार्डले रन आउट गरे जसपछि खेल सुपर ओभरमा पुग्यो।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। यस क्रममा उनले राहुल, अग्रवाल र पुरनको विकेट लिए। लेग स्पिनर राहुल चाहरले २ विकेट ( ४-०-३३-२ ) लिए जुन क्रममा गेल र म्याक्सवेललाई पेभेलियन फर्काए। ट्रेन्ट बोल्टले ४ ओभरमा ४८ रन खर्चिएता पनि अन्तिम ओभरमा उत्कृस्ट बलिंग गरे।
मुम्बईको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।
मुम्बईको लागि ओपनर क्विन्टन डीककले लगातार तेश्रो तथा सिजनको चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५३ रन बनाए जुन क्रममा ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। क्रुनाल पान्ड्याले ३० बलमा ३४ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का हिर्काए। अविजित रहने क्रममा काइरन पोलार्डले मात्र १२ बलमा ३४ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका हिर्काए। यस्तै नाथन कौल्टर नाइलले १२ बलमा अविजित २४ रन बनाए जुन क्रममा ४ चौका हिर्काए।
मुम्बईको सुरुवात खराब रह्यो। तेश्रो ओभरमा अर्शदिप सिंहले ९ रन बनाएका रोहित शर्मालाई बोल्ड गरे। त्यसपछि चौथो ओभरमा मोहम्मद शामीले सुर्यकुमार यादवलाई खाता नखोल्दै क्याच आउट गराए। छैठौं ओभरमा ७ रन बनाएका इशान किशनलाई सिंहले क्याच आउट गराए।
३८/३ को अवस्थाबाट ओपनर डीककले क्रुनालसंग चौथो विकेटको लागि ५८ रनको साझेदारी गरे। १४ औं ओभरमा क्रुनाललाई लेग स्पिनर रभी बिस्नोइले क्याच आउट गराए। १६ औं ओभरमा ८ रन बनाएका हार्दिक पान्ड्यालाई शामीले क्याच आउट गराए। १७ औं ओभरमा डीककलाई क्रिस जोर्डनले मायाँक अग्रवालबाट क्याच आउट गराए।
११९/६ को अवस्थाबाट पोलार्ड र नाइलले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। सातौँ विकेटको लागि दुवैले मात्र २१ बलमा ५७ रनको अविजित साझेदारी गरे।
पोलार्ड र नाइलले १८ औं ओभरमा अर्शदिप सिंहको ओभरमा २२ रन बटुल्दै टिमको योगफल ह्वात्तै बढाए। ओभरको पहिलो २ बलमा पोलार्डले छक्का हिर्काए भने तेश्रो र चौथो बलमा नाइलले चौका हिर्काए। १९ औं ओभरमा मोहम्मद शामीले १२ रन दिए जुन ओभरमा नाइलले २ चौका हिर्काए। अन्तिम ओभरमा क्रिस जोर्डनले २० रन खर्चिए। यस क्रममा पोलार्डले २ छक्का र १ चौका हिर्काए।
पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-३०-२ ) र अर्शदिप सिंह सिंहले २ विकेट ( ३-०-३५-० ) लिए।क्रिस जोर्डन ( ३-०-३२-१ ) , रभी बिस्नोइ ( २-०-१२-१ ) ले १ विकेट लिए।
अंकतालिका र आगामी खेल
जितपछि पन्जाब ९ खेलमा तेश्रो जितसंगै अंकतालिकाको पुछारबाट राजस्थान र चेन्नाईलाई पछि पार्दै छैठौं स्थानमा उक्लेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा चेन्नाई र राजस्थान पछि रहेको छ। हैदरावादको पनि ६ अंक रहेको छ जो पाँचौ स्थानमा छ।
हारपछि मुम्बई ९ खेलमा ६ जित र ३ हार पछि १२ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान १२ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। १४ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ भने १० अंक सहित कोलकाता चौथो स्थानमा छ।
पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा मुम्बईले शुक्रबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ। सोमबारको खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्।
फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित
कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ
लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क
कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन