नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको छ।
क्यानको मुलपानीमा आइतबार बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ।
क्यानले यही अप्रिल १७ तारिख देखि मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ। त्यसपछि पुनः नेपाली टिमले अर्को अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको हो। एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको नामिबियासंग नेपालले मे तेश्रो साता घरेलु भूमिमा सिरिज खेल्न तयारी तीब्र गर्ने भएको हो।
यस बाहेक क्यान बैठकले यसै वर्ष अप्रिल तेश्रो साता नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसंग टि-ट्वान्टी र एकदिवसीय सिरिज आयोजना गर्ने तयारी गर्ने पनि निर्णय गरेको छ।

क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटालाई महिला राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी दिने पनि निर्णय गरेको छ
यस्तै १८/१८ जना नेपाली राष्ट्रिय पुरुष र महिला खेलाडीहरुलाई २०२१ को सेन्ट्रल कन्ट्रयाक्टको लागि मे १५ २०२१ सम्म खेलाडी छनोट गर्न ३ सदस्यीय समिति समेत गठन गरेको छ। उक्त समितिमा राज्वावु श्रेष्ठ, संजय राज सिंह र प्रशान्त मल्ल रहेका छन्।
क्यानले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको प्रदेश भ्रमण कार्यक्रमलाई निरन्तरता दिने पनि निर्णय गरेको छ।
यस्तै क्यानले बेरुजु फर्छ्यौटका लागि ३५ दिने सार्वजनिक सूचना निकाल्ने पनि निर्णय गरेको छ।
क्यानले यो वर्ष अम्पायर, स्कोरर तथा प्रशिक्षकको लेभल-१ तहको प्रशिक्षण कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेको छ।
यस्तै क्यानले अनुशासन समितिको संयोजकमा शैलेस कर्माचार्य, उपसंयोजकमा रतन कठायत, सदस्यहरुमा नारायण अर्याल र अजय वीर पाण्डे, क्रिकेट समितिको उप संयोजकमा दिवाकर घले, सदस्यहरुमा पदम खड्का, करण महतरा र विजय राजभण्डारी, छनोट समितिमा वासुदेव जोशी, एन्टी करप्सन युनिटअ मिलन बस्नेत, कुवेत चन्द र रितेश सिंह, त्यस्तै महिला क्रिकेट विकास समिति उपसंयोजकमा प्रदिप मजगैया, सदस्यहरुमा निरा राजोपाध्याय, जिना श्रेष्ठ, अनिल शर्मालाई मनोनित गरे पनि निर्णय गरेको छ।
धेरैले पढेको
https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/
https://wicketnepal.com/csk-vs-dc-m2-wn21-mr/
https://wicketnepal.com/pak-win-rizwan-innings-wn21/
