कायल एबटको एकै खेलमा १७ विकेट, काउन्टी क्रिकेटमा बनाए किर्तिमान

पुर्व दक्षिण अफ्रिकी तिब्र गतिका बलर कायल एबटले इंग्ल्याण्डको काउन्टी क्रिकेटमा एकै खेलमा १७ विकेट लिएका छन्।

ह्याम्पसायरको लागि एबटले समरसेट बिरुद्दको खेलमा पहिलो पारीमा ४० रन खर्चेर ९ विकेट तथा दोश्रो पारीमा ४६ रन खर्चेर ८ विकेट लिएका हुन्। उनको  समग्रमा रहेको १७/८६ को बलिंग प्रदर्शन सन् १९५६ मा इंग्ल्याण्डका जिम लकरको अष्ट्रेलिया बिरुद्दको १९/९० पछीको सबैभन्दा उत्कृस्ट प्रथम श्रेणी प्रदर्शन रहेको छ। लकरले उक्त समयमा एक इनिंगमा १० विकेट समेत लिएका थिए।

यस्तै उनले बुधबार सम्पन्न खेलको पहिलो पारीमा लिएको ९ विकेट ह्याम्पसायरको प्रथम श्रेणी इतिहासमा दोश्रो उत्कृस्ट रहेको छ। यसको किर्तिमान ९/२८ सहित कार्डिगन कोन्नरको नाममा रहेको छ। उनले यो किर्तिमान १९९६ मा बनाएका थिए।

सँगै उनको खेलमा रहेको बलिंग प्रदर्शन काउन्टी क्रिकेटको चौथो उत्कृस्ट बलिंग प्रदर्शन समेत रहेको छ। यस्तै शताब्दीमा कुनैपनि बलरले १७ विकेट लिएको दोश्रो पटक रहेको छ। यसअघि क्यानडाका जोन डेविसनले सन् २००४ मा अमेरिका बिरुद्द १७ विकेट नै लिएका थिए।

काउन्टी क्रिकेटको सबैभन्दा राम्रो बलिंग प्रदर्शन

  • 17-48 C Blythe, Kent v Northamptonshire 1907
  • 17-56 C Parker, Gloucestershire v Essex 1925
  • 17-67 A Freeman, Kent v Sussex 1922
  • 17-86 K Abbott, Hampshire v Somerset 2019
  • 17-89 WG Grace, Gloucestershire v Nottinghamshire 1877
  • 17-89 F Matthews, Nottinghamshire v Northamptonshire 1923

दक्षिण अफ्रिकाको लागि अन्तिमपल्ट २०१७ मा टेस्ट क्रिकेट खेलेपछि काउन्टीतर्फ होमिएका एबटले आफ्नो बलिंग एकदमै अविश्वसनीय रहेको बताएका छन्।

उनले खेलपछि बिबिसीसँग भनेका छन्, “मलाई बिश्वास लागिरहेको छैन। पहिलो पारीमा ९ विकेट र दोश्रो पारीमा ८ विकेट लिन्छु भनेर सोचेको थिईन। म हिसाब गर्न सक्छु त्यो मैले गरेको सबैभन्दा राम्रो बलिंग रहेको छ। ”

एबटको बलिंग प्रदर्शन सँगै एक खेल अगावै उपाधी जित्ने होडमा रहेको समरसेटलाई धक्का लागेको छ। समरसेट दोश्रो स्थानमा झर्यो भने एसेक्सले सर्रेलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो।

उसले पहिलो पारीमा १४२ रनमात्र बनाउन सकेको थियो। भने दोश्रो पारीमा जितको लागि २८१ रनको लक्ष्य पछ्याउँदा १४४ रनमा रोकिएको थियो। खेल ह्याम्पसायरले १३६ रनले जितेको थियो।

अङ्कतालिका

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy