स्कटल्याण्डका कप्तान एभरेष्ट प्रिमियर लिग खेल्ने

  • विकेटनेपाल, मङ्सिर-५ 

स्कटल्याण्ड राष्ट्रिय टिमका कप्तान कायल कोट्जर एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) प्रतियोगिताको तेस्रो संस्करणको लागि नेपाल आउने भएछन्।

यहि मङ्सिर २२ गतेदेखि काठमाडौंमा सुरुहुने ६ टिम सम्मेलित प्रतियोगितामा प्रत्येक टिममा ३ बिदेशी खेलाडी हुनैपर्ने नियम रहेको छ।कायल कोट्जर, गत संस्करणमा चौथो स्थान हात पारेको पोखरा राइनोजसंग अनुबन्धित भएका छन्।

स्कटल्याण्डको लागि माथिल्लो क्रममा आक्रामक ब्याटिंग गर्ने  कोट्जरले आफ्नो देशको लागि ५० एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन्। उनको नाममा १९६९ एक दिवसीय रन तथा १०३५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रन रहेको छ। कोट्जरले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यनडमा सम्पन्न विश्व कपमा बंग्लादेश विरुद्ध सानदार १५६ रन बनाएका थिए।

कोट्जरले बंगलादेश बिरुद्ध बनाएको १५६ रन एक दिवसीय विश्वकपमा एसोसिएट राष्ट्रका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन समेत हो। यस्तै कोट्जरकै कप्तानीमा स्कटल्याण्डले जुन १०, २०१८ मा इंग्ल्याण्डलाई एक दिवसीय खेलमा ६ रनले पराजित गरेको थियो। सो खेलमा कोट्जरले बिष्फोटक ब्याटिंग गर्दै ४९ बलमा ५८ रन जोडेका थिए।

शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजमा बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन्। गत सिजन पोखराको बिदेशी खेलाडीको रुपमा ताज वाली, इस्रारुल्लाह र आसिफ अलि खेलेका थिए ।

केहि दिन अघि मात्र पोखरा राइनोजले अष्ट्रेलियन मुलका नेथन डोडलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। नेथन डोड अष्ट्रेलियाका लेभल ३ प्रशिक्षक रहेका छन्। अष्ट्रेलियायी घरेलु क्रिकेटमा डोडलाई राम्रो प्रशिक्षकका रुपमा हेरिन्छ। डोडकै सह-प्रशिक्षणमा सेन्डगेट रेडक्लिफीले सन् २०१७ र २०१८ मा क्वीन्सल्याण्ड स्टेट टि-२० लिगको उपाधि जितेको थियो।

डोडले अष्ट्रेलियाका पूर्व महान खेलाडी जस्टिन ल्यांगर र अर्का प्रशिक्षक फिल जेक्ससंग रहेर घरेलु क्रिकेटमा प्रशिक्षण समेत गराएका छन्।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

केहि दिनअघि प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता समेत पाएको थियो। आईसीसीलाई मान्यता वापत २० हजार डलर लिग आयोजकले तिरेको र आवस्यक पर्ने सबै दस्ताबेजहरु समेत पठाएपछि आईसीसीले मान्यता दिएको आयोजकले जानकारी गराएको थियो।

इपिएलमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु-१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिगमा बिभिन्न टिमहरुको प्रतिनिधित्व गर्नेछन्। गत बर्ष फर्भेज महरुफ़, आसिफ अलि, बाबर हायात, अंशुमन रथ, योगेश नागर, पुनित मिश्रा जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिग खेलेका थिए।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]