एलए ओपन : नेपाली राइनोज अल स्टार्स विजयी, कस्तो रह्यो बसन्त र पृथुको प्रदर्शन

अमेरिकाको लस एन्जल्समा सुरु भएको एलएल ओपन २०२१ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राइनोज अल स्टार्स क्लबले शानदार जित दर्ता गरेको छ।

सेभर्न क्रिकेट फिल्डमा सम्पन्न खेलमा अल स्टार्सले अमेरिकी राष्ट्रिय क्रिकेटरहरुको बाहुल्यता रहेको टिम मास्टर ब्लास्टर्स बिरुद्ध ६७ रनको विशाल जित दर्ता गरेको हो।

खेलमा नेपाली राइनोज अल स्टार्सले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा मास्टर ब्लास्टर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।

अलस्टार्सको बलिंगमा आईपीएल खेलीसकेका देब्रे हाते स्पिनर बिपुल शर्माले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.४ ओभरमा मात्र ७ रन खर्चिए। यस्तै अमेरिकाको राष्ट्रिय क्रिकेटर रहेका लेग स्पिनर तिमिल पटेलले ३ विकेट ( ४-०-१८-३ ) लिए।

नेपाली भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीले १ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए। रेग्मीले ४४ रन बनाएका ब्लास्टर्सका ओपनर तथा अमेरिकी क्रिकेटर रभी टिम्बेवालालाई बोल्ड गरेका थिए। रेग्मीले इनिंग्सको सातौँ ओभरमा स्पेलको सुरुवात गरेका थिए जुन ओभरमा उनले ६ रन खर्चिए। त्यसपछि नवौं ओभरमा उनले १३ रन खर्चिए जुन क्रममा टिम्बेवालाले दोश्रो बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गरे। त्यसपछि १३ औं ओभरमा बलिंगमा आएका रेग्मीले उक्त ओभरमा मात्र २ रन खर्चदै टिम्बेवालालाई अन्तिम बलमा बोल्ड गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाली राइनोज अल स्टार्सले २० ओभरमा ८ विकेट क्षेतीमा १६६ रन बनाएको थियो।

अलस्टार्सको लागि वेस्टइन्डिज यु-१९ क्रिकेटर नईम योंगले आक्रामक ब्याटिंग गर्दै ६८ रन बनाए जुन क्रममा ३१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै अमेरिकी राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर म्रुनाल पटेलले ३६ बलमा ५ चौका र ३ छक्का मद्दतले ५३ रन बनाए।

पाँचौ नम्बरमा ब्याटिंग गरेका पृथु बास्कोटाले ५ बलमा ३ रन मात्र बनाउन सके। उनलाई अमेरिकी राष्ट्रिय क्रीकेटर निसर्ग पटेलले एलबिडब्लु गरे। नवौं नम्बरमा ब्याटिंग गरेका बसन्त रेग्मीले ६ बलमा ५ रन बनाए जसलाई खालिद जद्रानले बोल्ड गरे।

लिग अन्तर्गत नेपाली राईनोज अल स्टार्सले आगामी खेल जुलाई ३ तारिखमा खेल्नेछ। एकै दिन टिमले दुई वटा खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल स्थानीय समय बिहान ८:३० बजे ( राति ९:१५ बजे ) नेपालमा आरडीयु आर्मीसंग तथा दोश्रो खेल स्थानीय समय दिउसो १२ बजे ( जुलाई ४ तारिख राति १२:४५ बजे ) प्रेरि भ्यु हरिकेन्ससंग रहेको छ।

५ दिन चल्ने प्रतियोगिताको खेलहरु वुडले पार्क क्रिकेट फिल्ड लस एन्जेल्समा खेलिनेछ। प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। अमेरिकी क्रिकेट बोर्डले मान्यता दिएको प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण विलो टिभीले गरिरहेको छ।

सम्बन्धित : 

बसन्त र पृथु नेपाली राइनोज अल स्टार्सबाट अमेरिकाको एलए ओपन खेल्ने, आईपीएल खेलेका खेलाडी पनि टिममा





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]