T20WC : वेस्टइन्डिजसंग ३ रनको हारपछि बंगलादेश कप्तान महमुदुल्लाहले के भने

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा बंगलादेशले लगातार तेश्रो हार बेहोरेको छ। शारजाह मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा वेस्टइन्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले पुरै ओभर ब्याटिंग गरे ५ विकेट क्षेतीमा १३९ रन मात्र बनाउन सक्यो। लगातार तेश्रो हारपछि समुह ‘१’ अंकतालिकाको पुछारमा रहेको बंगलादेशले आगामी दुई खेलमा जित दर्ता गरेको खण्डमा पनि सेमीफाइनल पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्नेहुन्छ।

हारपछि प्रतिक्रिया दिंदै बंगलादेश कप्तान महमुदुल्लाहले विकेटमा जमीसकेका लिटन दासको विकेट जानुले खेल परिवर्तन गरेको बताए – “मलाई लाग्छ लिटन दासको विकेट महत्वपूर्ण थियो किनकि हामि जमीसकेका थियौं। यदी त्यो छक्का भइदिएको भए .. तपाईसंग अग्लो फिल्डर हुनुको त्यो एउटा फाइदा हुन्छ।” जित्न ७ बलमा १३ रन आवस्यक हुँदा ४४ रन बनाएका लिटन दास छक्का प्रहार गर्ने क्रममा लंगअन बाउन्ड्रीमा जेसन होल्डरबाट क्याच आउट भएका थिए। त्यसपछि अन्तिम ओभरमा आन्द्रे रसेलले ९ रन मात्र खर्चंदै वेस्टइन्डिजलाई जित दिलाए।

“बलरहरुले राम्रो काम गरे तर हामीले केहि मौकाहरु गुमायौं जसले गर्दा १०-१५ रन गुमाउन पुग्यौं। हामीले सुरुवातमा आक्रमण गर्न प्रयास गर्यौं तर विकेट त्यस्तो थिएन जहाँ प्रहार गर्न सहज थिएन। पछाडीको लेन्थमा बलिंग गर्दा रन बनाउन गाह्रो थियो।”  उनले बताए।

“बलरहरुले राम्रो गरे तर त्यो ब्याटिंग थियो … यो नजिक पुगेको खेल थियो त्यसैले बलर र ब्याट्सम्यानलाई दोष दिन चाहन्न। टि-ट्वान्टी क्रिकेटमा यस्तै हो कुनै खेल जितिन्छ कुनै हारिन्छ। क्याच छुट्नु हाम्रो समस्या रह्यो जसलाई हामीले सुधार गर्नुपर्छ।” महमुदुल्लाहले बताए।

बंगलादेशले आगामी दुई खेल नोभेम्बर २ तारिखमा दक्षिण अफ्रीकासंग तथा नोभेम्बर ४ तारिखमा अस्ट्रेलिया बिरुद्ध खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy