नेपाल टी-२० लिग : लाहिरुको लय निरन्तर, लुम्बिनीको लगातार दोस्रो जित,

काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । लुम्बिनीले विराटनगरलाई २ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए ।

यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिंह ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले ।उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो ।

यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।

यता विराटनगरका लागि नन्दन यादव,हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।

दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]