ओमानको लज्जास्पद प्रदर्शन

२०७८ भाद्र १५, मंगलवार १८:४४

ओमान भ्रमण अन्तर्गत रहेको भारतको मुम्बई रन्जी टिमले दोश्रो खेलमा घरेलु टोलिलाई २३१ रनको विशाल अन्तरले पराजित गरेको छ। पहिलो खेल ४ विकेटले जितेको मुम्बईले ४ खेलको सिरिजमा २-० को अग्रता हाँसल गरेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा मुम्बईले दिएको ३०१ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २२.५ ओभरमा ६९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ओमानको लागि मोहम्मद नदीमले सर्वाधिक ३५ तथा शोयब खानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन्।

मुम्बईका दायाँ हाते फास्ट बलर मोहित अवस्तीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६ ओभरमा ३१ रन खर्चिए। ध्रुमिल मटकरले ३ विकेट , दिपक शेट्टीले २ तथा अमन खानले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले ५० ओभरमा ८ विकेट क्षेतीमा ३०० रन बनाएको थियो। उसको लागि अर्मान जाफरले शतक बनाउने क्रममा ११४ बलमा ११ चौका र ३ छक्का मद्दतले १२२ रन बनए। सुजित नायकले अविजित ७३ तन तथा यशस्वी जैसवालले २७ रन बनाए। ओमानको बलिंगमा मोहम्मद नदीमले ४ विकेट, नेस्टर धम्बाले २ विकेट तथा कलेमुल्लाह र अकिब इल्यासले समान १ विकेट लिए।

सिरिज अन्तर्गत  तेश्रो र चौथो खेल सेप्टेम्बर २ र ३ तारिखमा खेलिनेछ। दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy