सन्नी पटेलको शानदार प्रदर्शन : भैरहवालाई हराउदै ललितपुर क्वालीफायरमा

Sunny Patel, Gyanendra Malla
  • विकेटनेपाल, पौष-१  , आइतबार 

भैरहवा ग्ल्याडीएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीएट्सले इपिएल टि-२० अन्तर्गत चौथो जित दर्ता गरेको छ।

जितसंगै ललितपुर अंकतालिकाको शिर्ष स्थानमा ४ जित र १ हार सहित कायम रहेको छ र पहिलो क्वालीफायरमा स्थान पक्का गरेको छ। भैरहवाले भने अब पहिलो क्वालिफायर प्रवेश गर्न सक्छ या सक्दैन काठमाडौँ र बिराटनगरको खेलको प्रतिक्षा गर्नुपर्नेछ। काठमाडौँ र बिराटनगर बीचको खेलमा जो बिजयी हुन्छ त्यसको र भैरहवा बीच नेट-रन रेटमा अघि रहने टिमले ललितपुरसंग पहिले क्वालीफायर खेल्नेछ।

लिगको शिर्ष स्थानमा र दोश्रो स्थानमा रहने टिमले क्वालीफायर खेल्नेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ। यस्तै अंकतालिकामा तेश्रो र चौथो हुने टिमले पहिलो इलिमीनेटर खेल्नेछ। पहिलो क्वालिफायरमा पराजित हुने टिम र इलिमिनेटरमा बिजयी हुने टिम बीच दोश्रो क्वालीफायर खेल हुनेछ त्यसको बिजेता फाइनल खेल्न छानिनेछ।

खेलमा भैरहवाले पहिले ब्याटिंग गर्दै दिएको ९३ रनको लक्ष्य ४ विकेट गुमाएर ललितपुरले पुरा गर्यो।

ललितपुरको सहज जित 

९३ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर प्याट्रीएट्सले खराब सुरुवात गर्यो। ओपनर गौरभ तोमर ९ रन बनाएर पहिलो ओभरमै मोहम्मद नबिदको बलमा क्याच आउट हुँदा ब्याटिंग गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल ( ४ रन ) पनि लगत्तै ओभरमा रायन टेन डेस्काटेबाट कट एण्ड बोल्ड हुन पुगे। चौथो ओभरमा पुनः डेस्काटेले कुशल भुर्तेल ( २ ) लाई क्याच आउट गराउदा ललितपुर २४/३ ( ३.३ ) को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि पवन सर्राफ र ओपनर जयकिशन कोल्सावालाले ४२ रनको साझेदारी गर्दै टिमलाई जितको दिशामा अघि बढाए। १२ औं ओभरमा शरद भेसावकरले २५ रन बनाएका सर्राफलाई बोल्ड गर्दै चौथो विकेट दिलाएपनि ललितपुर जित नजिक पुगीसकेको थियो।

सर्राफको विकेट पछि ब्याटिंग गर्न आएका सन्दिप जोराले १ छक्का र २ चौका मदतले १० बलमा १८ रन बनाउदै टिमलाई त्यसपछि सहज जित प्रदान गरे। जय किशन कोल्सावाला २२ रनमा अविजित रहे जसले २७ बलमा १  चौका हिर्काए।

फलस्वरूप १४.२ ओभरमा ललितपुरले ९६ रन बनाउदै ६ विकेटको जित दर्ता गर्यो। भैरहवाको लागि रायन टेन डेस्काटेले २ विकेट ( ३-०-१५-२ ) तथा मोहम्मद नबिद र शरद भेसावकरले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका सन्नी पटेल घोषित भए।

सन्नी पटेलको उत्कृस्ट बलिङ्ग 

खेलमा टस हारेर ब्याटिंग गरेको भैरहवाले अत्यन्त खराब सुरुवात सुरुवात गर्यो। ओपनरको भूमिकामा यस अघि आएका हरिशंकर शाह र कुशल मल्ल असफल भएपछि मोहम्मद नबिदलाई ओपनिङ्ग गराउने टिमको रणनीति सफल हुन सकेन। नबिद २ रनमै दोश्रो ओभरमा सन्नी पटेलको बलमा स्टम्पिङ्ग आउट भए भने प्रतियोगितामा फ्लप शिलशिला कायम राख्ने क्रममा प्रदिप ऐरि पनि २ रनको व्यक्तिगत स्कोरमै चौथो ओभरमा सन्नी पटेलकै बलमा बोल्ड भए।

Sunny Patel
Sunny Patel ( Photo – Lalit Patriots Facebook )

उत्कृस्ट लयमा रहेको रभी इन्दर सिंहले केहि आक्रामक सट खेल्दै पुनः ब्याटिंगको नेतृत्व गर्न खोजे पनि सातौँ ओभरमा २५ रन ( ३ चौका र २ छक्का ) बनाएर आउट हुन पुगे। लगतै ओभरमा कप्तान शरद भेसावकर पनि १ रन बनाएर आउट हुँदा टिम ४०/४ को नाजुक अवस्थामा पुग्यो। रभीलाई योगेन्द्र सिंह कार्कीले बोल्ड गरे गरे शरदलाई सन्नी पटेलले एलबिडब्लु धरापमा पारे।

त्यसपछि पनि भैरहवाको विकेट शिलशिला रोकिएन। आरिफ शेख ४ रन बनाउदा ललित राजबंशीको बलमा बोल्ड भए। भैरहवाले ५ विकेट गुमाउदा ४९ रन ( १०.१ ) मात्रै बनाउन सक्यो।

एउटा किनार सम्हालीरहेका रायन टेन डेस्काटेले छैठौं विकेटको लागि रोहित पौडेलसंग ३४ रनको साझेदारी गर्दै टिमलाई उकासे। तर डेस्काटे १६ औं ओभरमा आउट हुँदा पुनः भैरहवाले लगातार विकेट गुमायो। डेस्काटेले ३७ रन ( ३६ बलमा १ छक्का र ३ चौका ) बनाएर योगेन्द्र कार्कीको बलमा क्याच आउट भए।

Rashid Khan
Rashid Khan

डेस्काटेको विकेटपछि रोहित पौडेल ( ७ ) र भुवन कार्की ( ० ) , कुशल मल्ल ( ३ ) र कृष्ण कार्की ( ४ ) ले लगातार विकेट गुमाउन पुगे। फल स्वरूप १९ ओभरमा ९२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।  स्कोरकार्ड 

सन्नी पटेलले अन्तिममा कृष्ण कार्की र कुशल मल्लको विकेट लिंदै आफ्नो ५ विकेट पुरा गरे। प्रतियोगितामै ५ विकेट लिने पनि सन्नी पहिलो बलर बनेका छन्। ४ ओभर बलिङ्ग गर्दा सन्नीले १२ रन खर्चिए।

राशिद खान ( ४-०-१४-२ ) र योगेन्द्र सिंह कार्कीले ( ३-०-६-२ ) ले २/२ विकेट लिंदा ललित राजबंशीले १ विकेट ( ४-०-२१-१ ) लिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]