ललितको अवस्था खतरामुक्त

२०७७ भाद्र २९, सोमबार ०९:३८

मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारी खतरामुक्त भएका छन्।

कोहलपुर मेडिकल अस्पतालमा उपचाररत उनि पूर्णत होसमा आएका छन् र बोल्न पनि थालेका छन्। उनको दायाँ खुट्टा र दायाँ हात नाडीमा फ्र्याक्चर भएको छ जसको अपरेसन गरिनेछ। सिटि स्क्यान गर्दा ललितको टाउकोमा भने चोट देखिएको छैन। उनको कुम घोटीएको छ तर भाँचिएको भने छैन।

ललितलाई सोमबार बिहान धनगढीबाट कोहलपुर ल्याइएको थियो। दुर्घटनामा घाइते भएका भण्डारीका भाइ नाता पर्ने करन ठगुन्नाको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकल ललितले चलाएका थिए र करन पछाडी बसेका थिए।

दायाँ हातको एक्सरे 

दायाँ खुट्टाको एक्सरे 

कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।

 

२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए। त्यस अघि बायाँ हाते फास्ट बलरले २०१३ मा नेपाली यु-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए। यु-१९ डेब्युमा उनले पाकिस्तान बिरुद्ध २ विकेट लिएका थिए भने प्रतियोगितामा ३ खेलमा ५ विकेट लिएका थिए। २०१८ अक्टोबरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया बि ) प्रतियोगिता नेपालले जित्दा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका भण्डारी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्। पछिल्लो पटक उनले इनरुवामा आयोजित एमएम कप एकदिवसीय प्रतियोगिता खेलेका थिए।

थप समाचार 

आर्चर र वोक्सको घातक बलिंग, दोश्रो वानडे जित्दै इंग्ल्यान्डद्वारा सिरिज बराबरी

श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy