राष्ट्रिय क्रिकेटर ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि घाइते

२०७७ भाद्र २८, आईतवार २१:२३

Lalit Bhandari

राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन्।

प्रभुखबरका अनुसार कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा क्रिकेटर भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको हो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो।

घटना पछि २४ वर्षीय भण्डारी र उनका नाता पर्ने भाइ करन ठगुन्ना घाइते भएका छन्। भण्डारीको अवस्था चिन्ताजनक रहेको बताईएको छ। उनको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

ट्रकका चालक फरार रहेका छन् भने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेकोछ।

२०१७ मा नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए। त्यस अघि बायाँ हाते फास्ट बलरले २०१३ मा नेपाली यु-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए। २०१८ अक्टोबरमा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका भण्डारी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्। पछिल्लो पटक उनले इनरुवामा आयोजित एमएम कप एकदिवसीय प्रतियोगिता खेलेका थिए।

https://wicketnepal.com/lalit-bhandari-kohalpur-thap-upachar-wn20/

https://wicketnepal.com/2-uae-cricketer-suspended-by-icc-wn20/

https://wicketnepal.com/sandeep-uae-pugdai-ipl-wn20/

https://wicketnepal.com/shreeshanth-ban-over-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy