ललितको अपरेसन सफल

मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ।

आइतबार साँझ कंचनपुरमा भएको दुर्घटनामा मिनीट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिएको थियो। जसपछि भण्डारीलाई उपचारको लागि काठमाडौँको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको थियो।

क्रिकेट खेलाडी संघ नेपाल ( सीप्यानले ) बिहिबार दिउसो प्रेस विज्ञप्ति जारि गर्दै मेजर अपरेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको छ। अपरेसन पछि भण्डारीको अवस्था राम्रो रहेको छ। अपरेसन ग्राण्डी हस्पिटल अस्पतालका डाक्टर चक्र राज पाण्डे र उनको टिमले गरेको थियो।

अपरेसन सफलता पछि ललित भण्डारी

दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो भने। यस्तै कलेजोमा चोट तथा फोक्सोको छेउमा पनि थोरै रगत जमेको थियो। आईसीयुमा ३ दिन निगरानी पछि बल्ल अपरेसन गरिएको थियो। सोमबार काठमाडौँ ल्याइएता पनि उनको शरीरको एसिड बेस असन्तुलित हुँदा तत्काल अपरेसन गरिएको थिएन।

भण्डारीको उपचारको लागि सिप्यानले आर्थिक संकलन अभियान संचालन पनि गरिरहेको छ। 

ठक्कर दिने ट्रक धनिले दिए २ लाख 

ललित भण्डारीको मोटरसाइकललाई ठक्कर दिने ट्रक धनि तेजसिंह भाटले तत्काल उपचारको लागि २ लाख रुपैयाँ उपलब्ध गराएका छन्। कान्तिपुरमा प्रकाशित समाचार अनुसार कंचनपुर क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्दलाई उनले उक्त रकम बुझाएका छन्। उपचारको लागि ५ लाख रकम माग गरिएको भएता पनि बाँकी रकम भने छलफल पछि दिने भाटले बताएका छन्।

नेपाली राष्ट्रिय टिमको लागि ८ खेल खेल्ने क्रममा बायाँ हाते फास्ट बलरले ४ विकेट लिएका थिए। यस क्रममा उनले नेपालले २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हात पार्दा २ विकेट ( ९-०-४३-२ ) लिएका थिए।

यो पनि पढ्नुस :-

म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज

IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]