राष्ट्रिय क्रिकेटर ललित भण्डारी नगद सहित सम्मानित

Lalit Bhandari
  • विकेटनेपाल, २९ – कार्तिक 

राष्ट्रिय क्रिकेट टिमका देब्रे हाते तीव्र गति बलर ललित सिंह भण्डारीलाई कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगदसहित सम्मान गरेको छ।

बुधवार शुक्लाफाँटा नगरपालिकाले प्रमुख दिलबहादुर ऐरको हातबाट ललितलाई रु. १ लाख ११ हजार १११ र समानपत्रले सम्मान गरेको हो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको माध्यमबाट नगरपालिकाको नाम उच्च राख्न सफल भएको भन्दै खेलाडी भण्डारीलाई सम्मान गरिएको ऐरले बताए। नगरप्रमुख ऐरले भने, ‘प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउँछ।’

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताए। खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए।

कैलालीको धनगढीमा आयोजना गरिएको डीपीएल-२ मा भण्डारीले ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भई ‘गोल्डन बुट’ जितेका थिए। भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन्।

Lalit Singh Bhandari
Lalit Singh Bhandari

२०१७ डिसेम्बरको बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन्।

नेपालले नेदरल्याण्डसंग यसै बर्ष अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हँसिल गर्ने क्रममा २ विकेट लिएका थिए।

नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु-१९ युथ एसिया कपमा नेपाली अन्डर-१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए। डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए।

( फोटो – पहिलोपोस्ट )





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]