सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन् । तीब्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए ।
अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए । उनी सबार मोटरसाइकल र विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भिर भएका उनलाई धनगढी, बाँकेको कोहलपुर हुदैं हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो ।
https://www.facebook.com/WicketNepal/posts/1967523033384489
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसंग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो । चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्राई, अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए । सो अवसरमा चितवन टाइगर्सका मार्की एवंम राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।
सो अवसरमा अमेरिका स्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैंया प्रदान गरेका गरेको छ । राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमति ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो ।
IPL : वार्नरलाई उछिन्दै रोहितले बनाए ठूलो कीर्तिमान
IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा
IPL : चलेन कोलकाताको ब्याटिंग, मुम्बई अंकतालिकाको शिर्षमा