घाइते क्रिकेटर भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।

आइतबार ट्रकको ठक्करबाट घाइते भए पछि उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो। धनगढीबाट उनलाई आज राति कोहलपुर मेडिकल कलेज ल्याइएको थियो जहाँ उनको सिटि स्क्यान गरिएको थियो। सिटि स्क्यानमा टाउकोमा चोट देखिएको छैन। उनको दायाँ खुट्टा र दायाँ हातको नाडीमामा भने फ्र्याक्चर भएको छ जसको अपरेसन काठमाडौँमा गरिनेछ। यस्तै दुर्घटनामा उनको कलेजोमा पनि समस्या देखिएको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

उनको खुट्टा र हातको अपरेसन गर्नको लागि तथा थप राम्रो उपचारको लागि कोहलपुरबाट बेलुका ४ बजे हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। उनलाई काठमाडौँ ग्रयाण्डी हस्पिटलमा रेफर गरिएको थियो।

मोटरसाइकल दुर्घटनामा घाइते क्रिकेटर ललित सिंह भण्डारीलाई हेलिकप्टरमार्फत कोहलपुरबाट काठमाडौँ ल्याइएको छ। https://bit.ly/3iGjd6Q

Posted by WicketNepal on Monday, September 14, 2020

 

ललितको खुट्टा र हातको एक्सरे रिपोर्ट 

कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।

 

२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए।

त्यस अघि बायाँ हाते फास्ट बलरले २०१३ मा नेपाली यु-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए। यु-१९ डेब्युमा उनले पाकिस्तान बिरुद्ध २ विकेट लिएका थिए भने प्रतियोगितामा ३ खेलमा ५ विकेट लिएका थिए। २०१८ अक्टोबरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया बि ) प्रतियोगिता नेपालले जित्दा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका भण्डारी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्। पछिल्लो पटक उनले इनरुवामा आयोजित एमएम कप एकदिवसीय प्रतियोगिता खेलेका थिए।

अन्य समाचार 

ललितको अवस्था खतरामुक्त

आर्चर र वोक्सको घातक बलिंग, दोश्रो वानडे जित्दै इंग्ल्यान्डद्वारा सिरिज बराबरी

श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]