घाइते क्रिकेटर ललितको अपरेसन आज

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको आज अपरेसन हुने भएको छ।

आइतबार साँझधनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। बाँकेको कोहलपुर मेडिकल कलेजले रेफर गरेपछि भण्डारीलाई सोमबार काठमाडौँको ग्रान्डी अस्पताल ल्याइएको थियो।

दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो भने। यस्तै कलेजोमा चोट तथा फोक्सोको छेउमा पनि थोरै रगत जमेको थियो। आईसीयुमा ३ दिन निगरानी पछि बल्ल अपरेसन गर्न लागिएको हो।सोमबार काठमाडौँ ल्याइएता पनि उनको शरीरको एसिड बेस असन्तुलित हुँदा तत्काल अपरेसन गरिएको थिएन।

क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष मनिष राज पाण्डेले आज अपरेसन हुने जानकारी गराएका छन्। संघले ललितको सहयोगको लागि आर्थिक संकलन अभियान संचालन गरेको छ

ठक्कर दिने ट्रक धनिले दिए २ लाख 

ललित भण्डारीको मोटरसाइकललाई ठक्कर दिने ट्रक धनि तेजसिंह भाटले तत्काल उपचारको लागि २ लाख रुपैयाँ उपलब्ध गराएका छन्। कान्तिपुरमा प्रकाशित समाचार अनुसार कंचनपुर क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्दलाई उनले उक्त रकम बुझाएका छन्। उपचारको लागि ५ लाख रकम माग गरिएको भएता पनि बाँकी रकम भने छलफल पछि दिने भाटले बताएका छन्।

नेपाली राष्ट्रिय टिमको लागि ८ खेल खेल्ने क्रममा बायाँ हाते फास्ट बलरले ४ विकेट लिएका थिए। यस क्रममा उनले नेपालले २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हात पार्दा २ विकेट ( ९-०-४३-२ ) लिएका थिए।

यो पनि पढ्नुस :-

सदस्य–सचिवद्वारा ललितको स्वास्थ्य अवस्था बारे जानकारी

म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज

IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]