EPL : ललितपुरको तेश्रो विदेशी खेलाडीको रुपमा अफगानि ब्याट्सम्यान ओमरजाई आबद्ध

एभरेस्ट प्रिमियर लिगको ( ईपीएल ) डिफेन्डिङ च्याम्पियन टिम ललितपुर पेट्रिएट्सले टिमको तेश्रो विदेशी खेलाडीको घोषणा गरेको छ।

अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमका २१ वर्षीय अलराउण्डर अज्म्तुल्लाह ओमरजाईलाई पेट्रिएट्सले अनुबन्ध गरेको हो। टिमले यस अघि भुटान राष्ट्रिय क्रिकेटर रनजंग मिक्यो दोर्जी र इंग्ल्यान्ड काउन्टी क्रिकेटर एलेक्स ब्लेकलाई अनुबन्ध गरिसकेकको छ। ईपीएलमा सहभागी टोलिले अन्तिम-एघारमा अनिवार्य तिन जना विदेशी खेलाडी समाबेश गर्नुपर्ने नियम रहेको छ।

२०१८ को अन्डर-१९ विश्वकपमा अफगानिस्तान टिममा रहेका ओमरजाईले क्वार्टरफाइनलमा न्युजिल्यान्ड बिरुद्ध मात्र २३ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६६ रनको याददार इनिंग्स खेलेका थिए।

ओमरजाईले यसै वर्ष जनवरीमा आयरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उक्त खेलनै सिनियर टिमको लागि ओमरजाईको एक मात्र खेल हो। आक्रामक ब्याटिंग गर्न सक्ने ओमरजाईले १० वटा टि-२० खेल्ने क्रममा १४४.१३ को स्ट्राइक रेट र ४१.८० को औशतले २०९ रन बनाएका छन्। फिनिसरको भूमिकामा खेल्ने दायाँ हाते ब्याट्सम्यान यस क्रममा ५ पटक अविजित रहेका थिए।

ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्समा ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, राशिद खान, सन्दिप जोर जस्ता राष्ट्रिय क्रिकेटरहरु रहेका छन्। यस्तै टिममा शंकर राना, सोनु तामांग, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सुर्य तामांग, बिभत्सु थापा र अरियो पौडेल जस्ता नेपाली क्रिकेटरहरु रहेका छन्।

ललितपुर पेट्रिएट्स टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), शंकर राना, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, रासिद खान, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सुर्य तामांग, बिभत्सु थापा, अरियो पौडेल, एलेक्स ब्लेक ( ✈️ ), अज्म्तुल्लाह ओमरजाई ( ✈️ ) , रनजंग मिक्यो दोर्जी ( ✈️ )

ईपीएलमा हालसम्म पोखरा राइनोज बाहेक अन्य टिमहरुले बिभिन्न विदेशी खेलाडीहरुको घोषणा गरिसकेका छन्। लिगमा टेस्ट राष्ट्र खेलीसकेका ९ जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। ललितपुर पेट्रिएट्सले अफगानिस्तानका अज्म्तुल्लाह ओमरजाई काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा र धम्मिका प्रशाद , चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ।

ईपीएलको चौथो संस्करण असोज ९ गते देखि ( सेप्टेम्बर २५ तारिख ) सुरु हुँदैछ। लिगमा ललितपुर पेट्रिएट्स सहित बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ गरि ६ वटा टोलि सहभागी रहेका छन्।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]