ललितपुर मेयर महिला च्याम्पियनसिप : उद्घाटन खेलमा प्रदेश-१ र एपीएफ बीच प्रतिस्पर्धा

नेपाल क्रिकेट संघले ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । पाँच टोली सहभागी मेयर कपको उद्घाटन खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ । यसअघि काठमाडौं मेयर कप पुरुष च्याम्पियनशीप ५० ओभरको भएपनि ललितपुर मेयर कप च्याम्पियनसिप टी ट्वान्टी हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ ।अंकतालिकाको शिर्ष दुई टोलिले फाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ उपलब्ध गराएको छ। 
चैत्त २१ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत्त २८ गते हुनेछ । पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ को सामना गर्नेछ । चैत्त २२ गते हुने तेस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्दा चौथो खेलमा ललितपुर मेयर्स ११ ले लुम्बिनि प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

चैत्त २३ गते हुने एक मात्र खेलमा लुम्बिनीले प्रदेश १ को सामना गर्नेछ । चैत्त २४ गते ललितपुर मेयर्स ११ ले एपीएफको र प्रदेश १ ले सुदूरपश्चिमसँग स्पर्धा गर्नेछ ।

प्रतियोगिताको पाँचौं दिन चैत्त २५ गते सुदूरपश्चिमले लुम्बिनीविरुद्ध स्पर्धा गर्नेछ । उक्त दिन एउटै खेल हुनेछ । लिग चरणको अन्तिम दिनमा ललितपुर मेयर्स ११ ले प्रदेश १ को तथा लुम्बिनीले एपीएफ विरुद्ध खेल्नेछ । चैत्त २७ गते आराम दिइएको छ । चैत्त २८ गते हुने फाइनल खेलमा लिग चरणमा उत्कृष्ट हुने दुई टोलीले स्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउनेछ।

 धेरैले पढेको 

https://wicketnepal.com/mm-cup-action-sports-wn21/

https://wicketnepal.com/spl-day-2-news-wn21/

https://wicketnepal.com/rashtriy-cric-lai-dav-le-training/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]