यही चैत्र २१ गते देखि काठमाडौँमा सुरु हुने प्रथम संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ।
नेपाल क्रिकेट संघ प्रदेश ५ र ६ ले बिहिबार राष्ट्रिय क्रिकेट टिमकि पूर्वकप्तान नेरी थापा मगरको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा गरेको हो। टिमको प्रशिक्षकको जिम्मेवारी संजु क्षेत्रीले पाएका छन् भने व्यवस्थापकमा उमा अधिकारी रहेका छन्।
घोषित टिम : नेरी थापा ( कप्तान ) , सरस्वति पुन ( उपकप्तान ) , स्वस्तिका बजगाईं, सरिता जिसी, सरस्वति जीएम, सर्मिला रोक्का मगर, लक्ष्मी चौधरी, मधु डीसी, कृतिका मरासिनी, नितु भण्डारी, अलिशा केसी, बर्षा राना, सुष्मिता भुसाल, जिज्ञाशा थापा
बैकल्पिक खेलाडी : आशमा पुलामी, सोनाम पुन, कृति सेन
प्रशिक्षक : संजु क्षेत्री, टिम व्यवस्थापक – उमा अधिकारी

लुम्बिनीले चैत्र २२ गते ललितपुर मेयर-११ संग पहिलो खेल खेल्ने तालिका रहेको छ। यस्तै दोश्रो खेल प्रदेश-१ संग चैत्र २३ गते, तेश्रो खेल सुदूरपश्चिम प्रदेशसंग चैत्र २५ गते तथा चौथो खेल एपीएफ बिरुद्ध चैत्र २४ गते खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा प्रदेश १, एपिएफ, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ टोलीले सहभागिता जनाउने छन्।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउनेछ।
धेरैले पढेको
https://wicketnepal.com/chennai-jhatka-ipl-21-jh-nam-firta/
https://wicketnepal.com/dilli-ko-kaptani-pant-le-garne-wn21/
https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/
