ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिता चैत्र २१ गते देखि

ललितपुर महानगरपालिकाको आयोजनामा काठमाडौँमा चैत्र २१ गते देखि २८ गते सम्म ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउने छन् । ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने नेपाल क्रिकेट संघले बताएको छ ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

धेरैले पढेको 

https://wicketnepal.com/spl-day-1-news-wn21-rupani/

https://wicketnepal.com/eng-vs-ind-t20-iser-329/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]