ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिता चैत्र २१ गते देखि

ललितपुर महानगरपालिकाको आयोजनामा काठमाडौँमा चैत्र २१ गते देखि २८ गते सम्म ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउने छन् । ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने नेपाल क्रिकेट संघले बताएको छ ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

धेरैले पढेको 

https://wicketnepal.com/spl-day-1-news-wn21-rupani/

https://wicketnepal.com/eng-vs-ind-t20-iser-329/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy