EPL : कस्तो छ डिफेन्डिङ च्याम्पियन ललितपुर, कमजोर र बलियो पक्ष यस्ता छन्

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करणमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। गत सिजन फाइनलमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको ललितपुर टिमको कप्तानी राष्ट्रिय टिमको कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले गर्दैछन्। यो लेखमा ललितपुर पेट्रिएट्सको टिम विश्लेषण गरेका छौँ –

गत सिजनमा प्रदर्शन : गत सिजनको लिग विजेता टिम ललितपुर लिग चरणमा पनि ५ खेलमा ४ जित र १ हार व्यहोर्दै शिर्ष स्थानमा रहेर प्लेअफ प्रवेश गरेको थियो। पहिलो खेलमा बिराटनगरसंग ३ विकेटले पराजित भए पछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा उसले लगातार ४ खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको थियो। पहिलो क्वालीफायरमा काठमाडौं किंग्स-११ लाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको उसले उपाधि जित्ने क्रममा भैरहवालाई १४ रनले पराजित गरेको थियो।

गत सिजन टिमको उत्कृस्ट प्रदर्शनकर्ता : गत सिजन ललितपुरको विदेशी खेलाडीको रुपमा आबद्ध रहेका तिन भारतीय खेलाडीहरु गौरभ तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेलले तथा नेपाली खेलाडीहरु पवन सर्राफ, योगेन्द्र सिंह कार्की, ललित राजबंशी, उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। तिन जनानै खेलाडी यो पटक टिममा छैनन्। तोमरले ७ खेलमा २२९ रन, कोल्सवालाले ७ खेलमा १८८ रन तथा पटेलले ७ खेलमा १० विकेट लिएका थिए। अफ स्पिनर सर्राफले ७ खेलको ६ इनिंग्समा ११ विकेट लिएका थिए भने फाइनलमा प्लेयर अफ द म्याच चुनिएका ललित राजबंशीले कुल ७ विकेट लिएका थिए। कार्की, सर्राफ र राजबंशी यो पटक पनि टिममै रहेका छन्।

ललितपुर पेट्रिएट्स टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️) , प्रशिक्षक – राजु बस्नेत 

टिममा कसको भूमिका के ? 

ब्याट्सम्यान : ज्ञानेन्द्र मल्ल, सन्दिप जोरा, सोनु तामांग, शंकर राना, कुशल भुर्तेल, बिभत्सु थापा, ओशाडा फर्नान्डो, मिक्यो दोर्जी,  विकेटकिपर ब्याट्सम्यान – शनदुन विराक्कोडी, अलराउण्डर – पवन सर्राफ ( अफस्पिनर ) , योगेन्द्र सिंह कार्की ( मिडियम पेसर ),  सोनु तामांग ( मिडियम पेसर ) , अज्मतुल्लाह ओमरजाई ( मिडियम पेसर ) , फास्ट बलर – राशिद खान, नारायण जोशी, रिजन ढकाल, कमल खत्री, नागराज सिंह , स्पिनर – ललित राजबंशी, अरियो पौडेल, सुर्य तामांग

डिफेन्डिङ च्याम्पियन ललितपुर टिम यो पटक पनि सन्तुलित देखिएको छ। टिमको माथिल्लो क्रमको ब्याटिंगमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, ओशाडा फर्नान्डो, शन्दुन विराक्कोडी, शंकर राना, बिभत्सु थापा जस्ता खेलाडीहरु छन्। अर्कोतर्फ मध्यक्रममा तथा फिनिसरको रुपमा सन्दिप जोरा, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, सोनु तामांग जस्ता खेलाडीहरु ठूलो सट खेल्न सक्षम छन्। टिमको फास्ट बलरको रुपमा अफगानिस्तानका ओमरजाई , राशिद खान, नारायण जोशी, कमल खत्री, नागराज सिंह जस्ता बलर छन्। योगेन्द्र र सोनुले मिडियम पेसरको भूमिका निभाउन सक्छन्।  ललित राजबंशी, सुर्य तामांग र अरियो पौडेल स्पिन पक्ष सम्हाल्न सक्छन्।

बलियो पक्ष : टिमको ब्याटिंग यो सिजन पनि बलियो देखिएको छ। दुई श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डो र शन्दुन विराक्कोडीले श्रीलंकाको लागि खेलीसकेको अनुभव छ जसले टिमको माथिल्लो क्रमलाई बलियो बनाउनेछन्। अर्कोतर्फ कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल पनि माथिल्लो क्रममा बिपक्षी टिमका बलरहरुले खेल जित्न ललितपुरको माथिल्लो क्रमलाई तोड्न जरुरि हुन्छ। त्यस्तै मध्यक्रममा सन्दिप जोरा र योगेन्द्र सिंह कार्की भरपर्दो नाम हो भने पवन सर्राफ र सोनु तामांग तल्लो मध्येक्रममा आक्रामक सट खेल्न सक्छन छन्। राशिद खान र ओमरजाई पनि तल्लो क्रममा लामो सट खेल्न सक्षम छन्। यसैले ललितपुरले यो सिजन सफलतामा ब्याटिंगले महत्वपूर्ण भूमिका निभाउन सक्नेछ।

कमजोर पक्ष : टिमको फास्ट बलिंग पक्ष थोरै कमजोर छ भने अनुभवको कमि छ। अफगानिस्तानका ओमरजाईले अफगानिस्तानको लागि मात्र एक खेल खेलेका छन् भने उनको पछिल्लो खेलहरुको प्रदर्शन हेर्दा विकेट निकाल्न सकीरहेका छैनन्। २१ वर्षीय खेलाडीको टि-२० बलिंग औशत ३१.८७ रहेको छ भने १० खेलमा मात्र ८ विकेट लिन सकेका छन्। अर्कोतर्फ नेपालको लागि एउटा मात्र टि-२० अन्तर्राष्ट्रिय खेलेका दायाँ हाते पेसर राशिद खान पनि पछिल्लो समय लयमा छैनन् र विकट निकाल्न संघर्ष गरिरहेका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत उनि अटाउन असफल थिए। मिडियम पेसर योगेन्द्र सिंह कार्की तेश्रो पेसरको रुपमा हुनेछन् जो सुरुवातमा विकेट निकाल्न भन्दा मध्यम ओभरमा कसिलो बलिंग गर्न सक्षम छन्। अर्का कम अनुभवी पेसर कमल खत्री या नारायण जोशीलाई पनि टिमले तेश्रो प्रमुख पेसरको रुपमा मौका दिन सक्छ, जोशी ब्याटिंग पनि गर्न सक्छन्। देब्रे हाते पेसर खत्री राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नियमित बलिंग गरिरहेका थिए र लयमा पनि छन्।

टियु मैदानको पछिल्लो समय विकेट स्पिनरलाई मद्दत गर्ने खालको नहुँदा राम्रो पेसर टिममा हुनु अत्यावश्यक छ जसले सुरुवाती स्पेलमै विकेट निकालेर दिन सकुन्। गत वर्ष सन्नी पटेल, सन्दिप लामिछाने, पवन सर्राफ, ललित राजबंशी, गौरभ तोमर जस्ता स्पिनरले उत्कृस्ट प्रदर्शन गर्नु टिमको सफलताको कारण थियो। टिम गत सिजन स्पिनरमा निर्भर थियो जुन पक्ष गत सिजन जति बलियो नभए पनि राम्रो भनेछ। पटेल, तोमर र सन्दिप यो पटक टिममा छैनन् जसको अनुपस्थितिमा राष्ट्रिय क्रिकेटर सर्राफ र राजबंशीले स्पिन पक्षको नेत्रित्व सम्हाल्नेछन्। सुर्य तामांग, अरियो पौडेल जस्ता कम अनुभवी स्पिनर हुन्।

अन्तिम-११ छनोट 

विदेशी खेलाडी : अन्तिम-११ छनोट गर्दा तिन विदेशी खेलाडीको रुपमा विकेटकिपरको रुपमा शनदुन विराक्कोडीले मौका पाउने निस्चित छ। यसै अनुभवी श्रीलंकन क्रिकेटर ओशाडा फर्नान्डो र अफगानिस्तान पेसर अज्मतुल्लाह ओमरजाई अन्य दुई खेलाडी हुनेछन्। भुटानका ब्याट्सम्यान मिक्यो दोर्जीले मौका पाउने सम्भावना कम रहेको छ। श्रीलंकाको लागि ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेका देब्रे हाते ब्याट्सम्यान विराक्कोडी ओपनिंग ब्याटिंग गर्न सक्छन्। यस्तै श्रीलंकाको लागि १२ टेस्ट, ८ ओडीआई र ७ वटा टि-२० आई खेलीसकेका फर्नान्डोले मध्यक्रम सम्हाल्नेछन्। ओमरजाई फास्ट बलिंगको साथै तल्लो मध्येक्रममा आएर ठूलो सट खेल्न सक्छन्।

नेपाली खेलाडीहरु : अन्तिम-११ मा पर्नसक्ने सम्भावित नेपाली खेलाडीहरुमा कप्तान मल्ल सहित, कुशल भुर्तेल, सन्दिप जोरा, पवन सर्राफ, ललित राजबंशी, राशिद खान, योगेन्द्र सिंह कार्की रहेका छन्। सुर्य तामांग, अरियो पौडेल, सोनु तामांग, शंकर राना, बिभत्सु थापा मध्येका एक खेलाडीले टिमको आवस्यकता अनुरुप अन्तिम-११ मा मौका पाउन सक्नेछन्। यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका बिभत्सु र राना मथिल्लो क्रममा ब्याटिंग गर्न सक्छन् भने सोनु तामांग तल्लो मध्येक्रममा आक्रामक ब्याटिंग गर्न सक्छन्। देब्रे हाते स्पिनर तामांग र पौडेलले राजबंशी र सर्राफ पछि स्पिनरले मौका पाएको खण्डमा मात्र खेल्न पाउनेछन्।

सम्भावित-११ : कुशल भुर्तेल,  शन्दुन विराक्कोडी (✈️), ज्ञानेन्द्र मल्ल, ओशाडा फर्नान्डो (✈️), सन्दिप जोरा, योगेन्द्र सिंह कार्की, पवन सर्राफ, सुर्य तामांग/नारायण जोशी/कमल खत्री, अज्मतुल्लाह ओमरजाई (✈️), ललित राजबंशी, राशिद खान





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]