प्रधानमन्त्री कप बागमती प्रदेश छनोटको उपाधि ललितपुरलाई

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ।

शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित फाइनलमा ललितपुरले चितवनलाई ७ विकेटले पराजित गर्यो।

चितवनले दिएको ७४ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा ३ विकेट गुमाएर भेटायो। ललितपुरको ब्याटिंगमा आदील खानले २६, दुर्गेश थापाले अविजित १९ तथा आशुतोष घिरैयाले १७ रन योगदान दिए। चितवनका बलर हेमराज पौडेल, दानिश इकबाल र संघर्ष पौडेलले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको चितवनले २० ओभरमा ९ विकेट क्षेतीमा ७३ रन बनाएको थियो। उसको लागि पवन थापाले सर्वाधिक २८ रन योगदान दिए। ललितपुरको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका हरिओम जोशी एक्लैले ४ विकेट लिए भने तिलक भण्डारी, सुमित झा र बिपिन आचार्यले समान एक विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी ललितपुरका आदील खान चुनिए भने उत्कृस्ट बलर सुबाश खत्री तथा उत्कृस्ट ब्याट्सम्यान लकी कठाएत चुनिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]