क्वालिफायरमा ललितपुर र काठमाडौँ बीच टक्कर, को पुग्ला फाइनल ?

  • विकेटनेपाल, पौष-३ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत पहिलो क्वालीफायरमा आज ललितपुर प्याट्रीएट्स र काठमाडौँ किंग्स ११ प्रतिस्पर्धा गर्दैछन्। खेल १२:४५ बजे टियु मैदान किर्तिपुरमा सुरु हुनेछ।

ईपिएलको सोमबार सकिएको लिग चरणको खेलहरु पछि अंकतालिकाको शिर्ष २ स्थानमा रहँदै ललितपुर र काठमाडौँले पहिलो क्वालिफायरको यात्रा गरेको हो। आजको खेल जित्ने टिम सिधै फाइनल प्रवेश गर्ने छ भने हार्ने टिमले अर्को एउटा मौका पाउनेछ। आज हार्ने टिमले इलिमीनेटरमा भैरहवा ग्ल्याडीएटर्स र चितवन टाइगर्स बीचको विजेतासंग खेल्ने छ जुन खेलको विजेता फाइनल पुग्नेछ।

लिग चरणमा ललितपुर र चितवनले समान ४/४ जित र १/१ हार बेहोरेपनि नेट रन रेटको आधारमा ललितपुर ( १.७४७ ) काठमाडौँ ( -०-२७९ ) भन्दा अघि रह्यो। यस्तै भैरहवा ३ जित र १ हार सहित तेश्रो र चितवन २ जित र ३ हार सहित चौथो स्थानमा रह्यो। २ जित र ३ हारनै भए पनि पछिल्लो बर्षको विजेता बिराटनगर वारियर्स भने नेट रनरेटमा चितवनसंग पछि पर्दै प्रतियोगिताबाट बाहिरियो।

ललितपुर र काठमाडौँको पछिल्लो २ खेल 

लिग चरणको खेलमा ललितपुरले काठमाडौँलाई १० विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको काठमाडौँले १०९ रन मात्रै बनाए पछि ललितपुरले निर्धारित लक्ष्य विकेट नगुमाई १०.३ ओभरमै पुरा गरेको थियो। खेलमा काठमाडौँको लागि केभिन ओ ब्रायनले ४१ रन बनाएका थिए भने ललितपुरको लागि गौरभ तोमर र जयकिशन कोल्सावालाले अविजित शतकीय साझेदारी गर्दै टिमलिई जिताएका थिए। तोमरले विस्फोटक इनिंग खेल्ने क्रममा ३५ बलमा ८० रन बनाउन ५ छक्का र ९ चौका प्रहार गरेका थिए। ललितपुरको बलिङ्गमा पवन सर्राफले ३ विकेट तथा योगेन्द्र कार्की र राशिद खानले २/२ विकेट लिएका थिए।

यस्तै गत सिजनको ईपिएलमा पनि काठमाडौँलाई ललितपुरले सजिलै ७ विकेटले पराजित गरेको थियो। त्यस खेलमा पहिले ब्याटिंग गर्दै काठमाडौँले ८९ रन मात्रै बनाएको थियो। ललितपुरको लागि सुबोध भाटीले ४, ललित राजबंशीले ३ तथा मेहबुब आलमले ३ विकेट लिएका थिए भने ब्याटिंगमा जयकिशन कोल्सावालाले ४४ रन बनाएका थिए।

ललितपुरको हालसम्म प्रदर्शन 

प्रतियोगिताको पहिलो खेलमा बिराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएपछि ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई ११ रनले, पोखरा राइनोजलाई ८ विकेटले, काठमाडौँ किंग्स-११ लाई १० विकेटले तथा भैरहवा ग्ल्याडीएटर्सलाई ६ विकेटले पराजित गरेको थियो।

ललितपुरको बलियो पक्ष 

टिमको सबै भन्दा बलियो पक्ष बिदेशी खेलाडीहरुको फर्म हो। टिमका ३ भारतीय बिदेशी खेलाडीहरु गौरभ तोमर, सन्नी पटेल र जयकिशन कोल्सावाला राम्रो लयमा रहेका छन्। तोमरले ५ खेलमा २०५ रन बनाईसकेका छन् जुन रन उनले १६५ को स्ट्राईकले बनाएका हुन्। यस्तै सन्नी पटेलले ५ खेलमा ८ विकेट लिएका छन्। कोल्सावालाले ब्याटिंगमा कुल १२४ रन बनाएका छन् भने विकेटकिपरको रुपमा पनि राम्रो गरिरहेका छन्।

Gaurav Tomar
Gaurav Tomar

कोल्सावाल र तोमरले प्रतियोगितामा २ पटक शतकीय साझेदारी गरिसकेका छन्। चितवन राइनोजसंग १२९ तथा काठमाडौँ किंग्स-११ संग ११५ रनको साझेदारी गरेका दुई ओपनरको फर्म बिपक्षीको लागि खतराको घन्टी हो। उता सन्नी पटेलले ब्याटिंगमा खास मौका नपाए पनि बलिङ्गमा कमाल देखाईरहेका छन्। अत्यन्त किफायती बलिङ्ग गरिरहेका पटेलले भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दा एक्लैले ५ विकेट लिए। उनले प्रतियोगितामा मात्र ५.०५ प्रतिओभर रन खर्चेका छन्।

बिदेशी खेलाडी माथि निर्भर हुनुनै टिमको कमजोरी समेत हो। कप्तान ज्ञानेन्द्र मल्लको फर्म तथा ब्याटिंगमा अन्य खेलाडीहरुले खास योगदान दिन नसक्नु चिन्ताको बिषय हो। पहिलो खेलमा ज्ञानेन्द्रले बिराटनगरसंग ४९ रन बनाएका थिए जसपछि उनको ब्याट बोलेको छैन। ३ जना बिदेशी खेलाडी र ज्ञानेन्द्र मल्ल ( ५६ रन ) बाहेक अन्य ब्याट्सम्यानहरुले प्रतियोगितामा कुल ५० रन बनाउन सकेका छैनन्।

बलिङ्गमा पवन सर्राफले ४ खेलमा बलिङ्ग गर्दै ६ विकेट लिंदै प्रमाणित गरिरहेका छन् भने योगेन्द्र सिंह कार्कीले पनि लय देखाएका छन्। ललित राजबंशीले विकेट नलिएपनि किफायती बलिङ्ग गरिरहेका छन्। सन्दिप लामिछाने अस्ट्रेलिया गएपछि र गौरभ तोमर बलिङ्ग गर्न प्रतिबन्ध भए पछि एउटा बलरको कमिले भने टिमलाई घाटा पुगेको छ।

काठमाडौँको हालसम्म प्रदर्शन 

प्रतियोगिताको पहिलो खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको काठमाडौँले त्यसपछि दोश्रो खेलमा ललितपुर प्याट्रीएट्ससंग १० विकेटको हार बेहोर्न पुग्यो। त्यसपछि पुनः सम्हालिने क्रममा पोखरा राइनोजलाई ५ विकेटले तथा भैरहवा ग्ल्याडीएटर्सलाइ ७ विकेटले पराजित गरेको काठमाडौँले लिगको अन्तिम खेलमा बिराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्यो।

Kevin O Brien

काठमाडौँको बलियो पक्ष  

आयरल्याण्ड क्रिकेटर केभिन ओ ब्रायनको फर्म काठमाडौँको बलियो पक्ष बनेको छ। उनि ब्याटिंग र बलिङ्ग दुवैमा योगदान दिईरहेका छन् र आफ्नै दममा खेल जिताईरहेका छन्। ओ ब्रायनले बिराटनगरसंग टिमलाई जिताउन मुस्किल अवस्थामा ब्याटिंग गर्दै अविजित ४५ रन तथा बलिङ्गमा पनि ३ विकेट लिए। पछिलो खेलमा चितवन टाइगर्ससंग ९ रनमा आउट भएका ओ ब्रायन ए त्यसपछि ललितपुरसंग ४२ रन, पोखरा राइनोजसंग अविजित ५४ रन, भैरहवा ग्ल्याडीएटर्ससंग अविजित ३३ रन तथा बिराटनगर वारियर्ससंग अविजित ४५ रन बनाएका छन्। यस्तै बलिङ्गमा पनि उनले ५ खेलमा ७ विकेट लिईसकेका छन्।

Kevin O Brian
Kevin O Brian

ओ ब्रायन बाहेक अन्य २ बिदेशी खेलाडी रोहन मुस्तफा र प्रदिप साहु पनि राम्रो खेलीरहेका छन्। सोमपालको अनुपस्थितिमा कप्तानी गरिरहेका मुस्तफाले पोखरा बिरुद्ध ४० रन बनाउनुको साथै १ विकेट, भैरहवासंग ३६ रन, तथा बिराटनगरसंग २ विकेट लिएका थिए। यस्तै मुस्तफा अत्यन्त किफायती बलिङ्ग समेत गरिरहेका छन्। उता आईपीएल खेलीसकेका लेग स्पिनर प्रदिप साहुले पनि ४ खेलमा ६ विकेट लिईसेक छन्। चितवन बिरुद्ध जितमा ३ विकेट लिएका उनले बिराटनगर वारियर्ससंग पनि २ विकेट लिए भने ब्याटिंगमा पनि ओ ब्रायनसंग महत्वपूर्ण साझेदारी गर्दै अविजित २१ रन बनाए।

३ बिदेशी खेलाडी बाहेक अमित श्रेष्ठले लय पाउनु टिमको राहतको बिषय बनेको छ भने ब्याटिंगमा अन्य खेलाडीहरुको प्रदर्शन खास रहन सकेको छैन। सागर पुन, नरेश बुढायर , सिद्धान्त लोहनी, अमर सिंह रौटेला जस्ता ब्याट्सम्यानहरुको प्रदर्शन टिमको चिन्ताको बिषय हो। बलिङ्गमा सम्शाद शेख र जितेन्द्र मुखियाले लय देखाए पनि प्रदर्शनमा निरन्तरता भने देखिएको छैन। ३ खेलमा ५ विकेट लिंदै लेग स्पिनर बिक्रम भुसालले भने प्रभावित बनाएका छन्।

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]