ललितपुरको कमजोर ब्याटिंग, बिराटनगरलाई १०५ को लक्ष्य

  • विकेटनेपाल, मङ्सिर-२२ , शनिवार

एभरेस्ट प्रिमियर लिग अन्तर्गत टियु मैदानमा जारि उद्घाटन खेलमा पारस खड्काको बिराटनगर वारियर्ससंग पहिले ब्याटिंग गरेको ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सले टस जितेर ब्याटिंग गर्दै १०४ रनको योगफल तयार गरेको छ।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले राम्रो सुरुवात गर्न सकेन। ओपनर जयकिसन कोल्सावालालाई करन केसीले ४ रनको योगफलमा पहिलो ओभरमै आउट गरे। कोल्सावालाको विकेटपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका गौरभ तोमरले पनि ४ रनमा भान डर मर्वेको बलमा ४.५ ओभरमा विकेट गुमाए।

सुस्त ब्याटिंग गर्दै एउटा किनार सम्हालीरहेका पवन सर्राफले पनि लामो पारि खेल्न सकेनन् र नवौं ओभरको अन्तिम बलमा उनलाई मर्वेले बोल्ड गर्दा प्याट्रीएट्सले तेश्रो विकेट गुमाउन पुग्यो। सर्राफले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

Karan KC
Karan KC

९ ओभरमा ३८/३ को खराब स्थितिबाट दशौँ ओभरमा कुशल भुर्तेललाई खाता नखोल्दै स्मित पटेलले स्टम्प आउट गराए जसपछि प्याट्रीएट्स३९/४ ( ९.२ ) को नाजुक अवस्थामा पुग्यो।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका सन्नी पटेल र चौथो नम्बरमा ब्याटिंग गरेका कप्तान ज्ञानेन्द्र मल्लले त्यसपछि पाँचौ विकेटको लागि साझेदारी अघि बढाए। तर सन्नी पटेल पारस खड्काको बलमा लंग अनमा ठुलो सट खेल्ने चक्करमा आउट हुन पुगे। भान डर मर्वेले बाउन्ड्रीमा डाइभ गर्दै उत्कृस्ट क्याच लिए जसपछि सन्नी २० रन ( १५ बल, ३ चौका ) बनाएर आउट हुन पुगे।

त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप जोरा पनि ४ रनमा योगफलमा बसन्त रेग्मीको बलमा ठुलो सट खेल्ने चक्करमा मिड विकेटमा समातिन पुगे। जसपछि योगेन्द्र सिंह कार्की पनि खाता नखोल्दै पारस खड्काको सिधा थ्रोमा रन आउट हुन पुगे।

Roelof van der Merwe
Roelof van der Merwe

एक किनार सम्हालेर ब्याटिंग गरिरहेका कप्तान मल्ल पनि अन्तिम ओभरको पाँचौ बलमा करन केसीको बलमा विकेटकिपर आसिफ शेखबाट समातिन पुगे। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ४९ रन बनाउन ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

निर्धारित २० ओभरमा ललितपुरले ९ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सक्यो।

Gyanendra Malla
Gyanendra Malla

बिराटनगर वारियर्सको बलिङ्गमा  करन केसी ( ४-०-२०-२ ) र रोल्फ भान डर मर्वेले ( ४-०-१४-२ ) २/२ विकेट लिए। यस्तै बसन्त रेग्मी ( ४-०-१२-१ ) , पारस खड्का ( १-०-४-१ ) तथा स्मित पटेलले ( ३-०-२२-१ ) विकेट लिए।

प्लेयिंग ११ ( बिराटनगर वारियर्स ) : पारस खड्का (कप्तान), बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख , हरि बहादुर चौहान, प्रनित थापा, सुमित महर्जन, रोबिन क्षेत्री , स्मित पटेल (भारत), रोल्फ भान डर मर्वे (नेदरल्याण्ड), पल भान मिकिरिन (नेदरल्याण्ड)

प्लेयिंग ११ ( ललितपुर प्याट्रीएट्स ) : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल,  सुन्दिप जोरा, योगेन्द्रसिंह कार्की, पवन सर्राफ , सन्नी पटेल , गौरब तोमर , जयकिशन कोल्सावाला ( विकेटकिपर )  , सन्दिप लामिछाने, ललित राजवंशी, राशिद खान

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]