ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गर्ने ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० चैत्र २१ गते शनिवार देखि सुरु हुँदैछ।
प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन शनिवार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश नम्बर-१ र एपीएफ तथा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेल ९ बजे बिहान तथा दोश्रो खेल १ बजे दिउसो सुरु हुनेछ।
खेलतालिका
सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगितामा सहभागी टिमहरुले एकअर्का बिरुद्ध समान एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछ।
कुन टिममा को-को छन् खेलाडीहरु
लुम्बिनी प्रदेश टिम : नेरी थापा ( कप्तान ) , सरस्वति पुन ( उपकप्तान ) , स्वस्तिका बजगाईं, सरिता जिसी, सरस्वति जीएम, सर्मिला रोक्का मगर, लक्ष्मी चौधरी, मधु डीसी, कृतिका मरासिनी, नितु भण्डारी, अलिशा केसी, बर्षा राना, सुष्मिता भुसाल, जिज्ञाशा थापा, प्रशिक्षक : संजु क्षेत्री, व्यवस्थापक : उमा अधिकारी
एपीएफ टिम : सिता राना मगर ( कप्तान ) , सरिता मगर, करुणा भण्डारी, सोनु खड्का, इन्दु बर्मा, ज्योति पाण्डे ( विकेटकिपर ) , बिनु बुढामगर, रेखा रावल, सुष्म श्रेष्ठ, खिन थापा, संजु लामा, ममता चौधरी, सुमन बिस्ट, राजमती ऐरी , प्रशिक्षक : राजेश श्रेष्ठ, व्यवस्थापक : पंकज चन्द
प्रदेश नम्बर-१ टिम : रुबिना क्षेत्री (कप्तान), काजल श्रेष्ठ ( विकेटकिपर ), अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई, ज्योति दनवार, निंग्मा तामाङ, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल र टिका शाह
सुदूरपश्चिम टिम : ऋतु कनोजिया (कप्तान), रुवि पोदार, कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर), सुनिता लोहार, दिव्या कार्की, सम्झना खड्का, दीपा जोरा, लक्ष्मी साउँद र स्नेहा महरा , प्रशिक्षक/व्यवस्थापक : दिपेन्द्र बहादुर चन्द, सह-प्रशिक्षक – जानकी भट्ट
ललितपुर मेयर्स-११ : सरस्वति चौधरी ( कप्तान ) , कविता गौतम, बिमला मगर, अनुराधा चधारी, सोभा आले, सुमन खतिवडा, आरति विडारी, केनुका बस्नेत, बिन्दा कटुवाल, कन्चन श्रेष्ठ, एलिसा लामिछाने, श्रिस्टि पौडेल, अश्मिना कर्माचार्य निशा पराजुली
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउनेछ।
धेरैले पढेको
https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/
https://wicketnepal.com/chennai-jhatka-ipl-21-jh-nam-firta/
https://wicketnepal.com/dilli-ko-kaptani-pant-le-garne-wn21/