ललितसिंह भण्डारी बने मोस्ट भ्यालुएबल प्लेयर

ललित सिंह भण्डारी प्रतियोगिताको धनगढी प्रिमियर लिगको मस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।

टिम चौराहा धनगढीले ललितलाई अक्सन मार्फत रु १ लाख रुपैयाँमा अनुबन्धित गरेको थियो । प्रतियोगिता भरिनै उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा ललितले खेलेका ७ खेलमा १४ विकेट चट्काए। महेन्द्रनगर युनाइटेड बिरुद्द ४ ओभरको स्पेलमा ३७ रन खर्चेर ४ विकेट लिएका भण्डारीले टिम चौराहाको बलिंगमा कप्तान सोमपाल कामीको दह्रो साथ निभाए ।

lalit singh bhandari

कन्चनपुरबाट उदाएका बायाँ हाते तिब्र गतिका बलर ललित भण्डारीले केहि महिना अघि मात्र नेपाली राष्ट्रिय टोलीबाट समेत डेब्यु गरिसकेका छन् । करन केसी र सोमपाल कामी राष्ट्रिय टोलिका नियमित सदस्य भएकाले ललितले अन्तिम ११ मा स्थान बनाउन भने सकिरहेका छैनन् ।

कसरि छानिए मस्ट भ्यालुएबल प्लेयर ?

धनगढी प्रिमियर लिग (डिपिएल) २ मा नेपाली घरेलु क्रिकेट इतिहासमा नै पहिलो पटक मस्ट भ्याल्युएबल प्लेयरलाई गोल्डेन बुट प्रदान गर्ने व्यवस्था थियो । यसका लागि आयोजकले किरन सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार सुज प्रतियोगिताको अधिकारिक फुटवेयर पार्टनरको रुपमा रहने सम्झौता गरेको थियो ।

मस्ट भ्यालुएबल प्लेयर टेक्निकल कमिटि र विकेटनेपालको (पब्लिक भोटिंग हेर्नुहोस्) मा प्राप्त भएको मतबाट निर्णय गरिएको थियो।

मस्ट भ्यालुएबल प्लेयर घोषित भएसंगै ललितले गोल्डेन बुट प्राप्त गरेका छन् । गोल्डेन बुट पूर्णत सुनको भने छैन। सो बुट चांदीको जुत्तामा सुनको प्लेट लगाइएर बनाइएको छ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]