काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई संघको प्रवक्ताको रुपमा नियुक्त गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको बोर्ड बैठकले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको क्यानले विज्ञप्ती मार्फत जनाएको छ ।
यसअघि सम्म क्यानका सचिवलाई नै प्रवक्ताको जिम्मेवारी समेत रहेको थियो ।