लंका प्रिमियर लिग संकटमा, यस कारण रद्द हुने

२०७८ असार २४, बिहीबार ११:५४

जुलाई ३० तारिख देखि सुरु हुने घोषणा गरिएको लंका प्रिमियर लिगको दोश्रो संस्करण रद्द हुने भएको छ।

विदेशी खेलाडीहरुको अनुपस्थितिको कारण लिग निर्धारित समयमा नहुने भएको हो। यस बारे श्रीलंका क्रिकेट बोर्डले चाडै अधिकारिक निर्णय दिने बताईएको छ।

“यो निकै दुर्भाग्यपूर्ण कुरा हो कि यो प्रतियोगिता रद्द हुनेछ। बंगलादेश, पाकिस्तान, वेस्टइन्डिज र इंग्ल्यान्डका खेलाडीहरु कोहि पनि यो समयमा उपलब्ध छैनन्। लिगलाई अब उपयुक्त समय हेरेर नयाँ मितिमा आयोजना गरिनेछ। यो बारे श्रीलंका बोर्डले चाडै निर्णय लिनेछ।” श्रीलंका क्रिकेटका एक वरिष्ठ अधिकारीले बताएका छन्।

केहि मिडियाहरुले लिग रद्द हुनुको पछाडी खेलाडीको अनुपस्थिति बाहेक अन्य कारण पनि रहेको दावी गरेका छन्। टिम मालिकहरुसंग केहि मुद्दाहरुको कारण पनि अर्को कारण हो। अघिल्लो सिजन लिगमा सहभागी रहेका पाँचवटा मध्ये दुई वटा टोलि कोलिम्बो किंग्स र दाम्बुला भाइकिंग्सको कन्ट्रयाक्ट रद्द गरिएको थियो भने भर्खरै एउटा अर्को टिम जाफ्ना स्टालियन्सको पनि कन्ट्रयाक्ट रद्द गरिएको छ। यो बारे अधिकारिक घोषणा भने भएको छैन।

निर्धारित मितिमा लंका प्रिमियर लिग नभए यो वर्ष पुनः लिग आयोजना हुने सम्भावना झनै कम रहेको छ। जुलाई अन्त्य सम्म श्रीलंका भारतसंग सिरिजमा व्यस्त हुनेछ। त्यस पछि अगस्ट-सेप्टेम्बरमा आईपीएल र लगत्तै अक्टोबर-नोभेम्बरमा टि-२० विश्वकपमा खेलाडीहरु व्यस्त हुनेछन्। खेलाडीहरुको व्यस्त तालिकाका कारण लंका प्रिमियर लिगको समस्याहरु बढेको छ।

गत सिजन ड्राफ्टमा नाम दर्ता गराएपनि बिक्रि नभएका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लिगमा सहभागी हुन यो पटक पनि ड्राफ्टमा नाम दर्ता गराएका छन्। ड्राफ्टको मिती पनि हालसम्म घोषणा गरिएको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy