ब्रायन लाराको नजरमा यस कारण कोहली भन्दा सचिन माथि

२०७६ असार १९, बिहीबार २१:२२

विश्व क्रिकेटका महानतम खेलाडी वेस्ट इन्डिजका ब्रायन लाराले सचिन तेन्दुलकर आफ्नो सबैभन्दा प्रिय खेलाडी रहेको बताएका छन्।

वेस्ट इन्डिजका पुर्व कप्तान लाराले एक कार्यक्रममा बिहिबार सोधिएको प्रश्नको उत्तरमा कोहली रन मेसिन भए पनि आफ्नो लागि सचिन बढी प्रिय रहेको बताए।

“कोहली रन मेसिन हुन् , तर माफ गर्नु होला सचिन मेरो रोजाई हुन्” सचिनले क्रिकेट खेलको लागि अपत्यारिलो छाप छोडेको समेत लाराले बताए-

“सचिनले खेलको लागि छोडेको छाप अपत्यारिलो छ, किनकि त्यो बेला भारतीय ब्याट्सम्यानहरु भारतीय पिच भन्दा बाहिर राम्रो खेल्दैनथे, तर सचिन सबै किसिमको पिचमा राम्रो थिए।”

“अहिले भारतीय ब्याट्सम्यानहरुले सचिनको किताबबाट पाना लिएका छन् त्यसैले सबै ठाउँमा राम्रो खेली रहेका छन्”

सचिनको तारिफ गर्दैगर्दा  ५० वर्षीय पुर्व देब्रे हाते ब्याट्सम्यानले कोहलीलाई वर्तमानमा विश्वकै उत्कृस्ट ब्याट्सम्यानको सज्ञा दिए-

“कुनै संका छैन, कोहली र विश्वका अन्य ब्याट्सम्यान बीचमा धेरै अन्तर रहेको छ। रोहित शर्माले  विश्वकपमा शतक बनाईरहेका छन्, बेयरस्टो वा अरु कोहि किन नहोस्, तपाई यदी टि-२०, टि-१०, १०० बल वा टेस्ट क्रिकेटमा कोहि ब्याट्सम्यान ब्याटिंग गरिरेको देख्न चाहनुहुन्छ भने उनि बिराट कोहली हुन्”

अन्तर्राष्ट्रिय क्रिकेटमा कुल २२ हजार ३ सय ५८ रन बनाएका लाराले, हाल भारतीय ब्याट्सम्यानहरुले भारत बाहिर राम्रो प्रदर्शन गर्नुको पछाडी सचिन तेन्दुलकरले दिएको आत्मविश्वास कारण रहेको दावी गरे।

वेस्टइन्डिजको क्रिकेट बारे भने लाराले चिन्ता व्यक्त गरे। विश्वकपको सेमीफाइनल दौडबाट वेस्ट इन्डिज बाहिरिसकेको छ।

“प्रत्येक देश र सबै खेलकुदको टिम एउटा साइकलमा घुमीरहेको हुन्छ। तर हामि एउटै खालको अवस्थामा लामो समय देखि छौँ जुन दुखद छ”

लाराले वेस्टइन्डिजको लागि १९९० मा डेब्यु गर्दै १३१ टेस्टमा ५२.८८ को औशतले ११,९५३ रन तथा एकदिवसीय अन्तर्राष्ट्रियमा २९९ खेलमा ४०.४८ को औशतले १०,४०५ रन बनाएका थिए। टेस्टमा ३४ र एकदिवसीयमा उनले १९ शतक बनाएका थिए।

टेस्ट क्रिकेटमा उनले सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध अविजित ४०० रन बनाएका थिए जुन रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy