लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

महान वेस्टइन्डिज ब्याट्सम्यान ब्रायन लाराले भारतीय ब्याट्सम्यान तथा आईपीएल टिम किंग्स-११ पन्जाबका कप्तान केएल राहुलको ठूलो तारिफ गरेका छन्। लाराले राहुलको ब्याटिंगबाट प्रभावित हुँदै उनलाई आफ्नो टेस्ट, वानडे र टि-२० गरि तिन वटै फर्म्याटको क्रिकेटमा स्थान दिन लायक क्रिकेटर मानेका हुन्।

राहुलले जारी आईपीएलमा लगातार ३ सिजन ५ सय भन्दा बढी रन बनाउने पहिलो भारतीय खेलाडीको कीर्तिमान कायम गरेका छन्। राहुल जारि सिजन १० खेलमा ५४० रन बनाउदै सर्वाधिक रनकर्ता समेत हुन् जसले ६७.५० को औशत र १३५.६७ को स्ट्राइक रेटमा १ शतक र ५ अर्धशतक प्रहार गरिसकेका छन्। यस क्रममा उनले बैंगलोर बिरुद्ध बनाएको १३२ रन जारि सिजनकै व्यक्तिगत उच्च योगफल समेत हो।

“उनि मेरो टेस्ट ब्याट्सम्यान हुन्, उनि मेरो ५० ओभर ब्याट्सम्यान हुन् र उनि मेरो टि-२० ब्याट्सम्यान हुन्।” लाराले स्टार स्पोर्ट्ससंग कुराकानीमा बताए।

“एउटा कप्तानको रुपमा उनले राम्रो गरेका छन्। उनको ब्याटिंग मलाई अत्यन्त मन पर्छ। उनले कप्तानी र ब्याटिंगलाई राम्रोसंग अघि बढाएका छन्। हो उनले खेल अन्त्य गर्न सकीरहेका थिएनन् तर अहिले त्यो कुरामा पनि उनले सुधार गरिसकेका छन्।” लाराले थपे। राहुलले मुम्बई बिरुद्ध सुपर ओभरमा जित दर्ता गर्ने क्रममा ५१ बलमा ७७ रनको उत्कृस्ट इनिंग खेलेका थिए। त्यसपछि लाराले राहुलको तारिफ गरेका हुन्।

लाराले राहुलको तारिफ गरेको यो पहिलो पटक हैन। यस अघि पनि उनले राहुलको ब्याटिंग टेक्निकको तारिफ गर्दै प्रिय ब्याट्सम्यान बताएका थिए।

“मलाई उनि मन पर्छ। उनिसंग गजबको कला र स्टाइल छ तथा आक्रामक पनि छन्। मलाई उनले ब्याटिंग गरेको हेर्न मन पर्छ। म प्रत्येक दिन उनको ब्याटिंग हेर्न सक्छु। उनि उत्कृस्ट मनोरञ्जन दिने गर्छन्।” लाराले आईपीएल सुरु हुनु अघि एक अन्तर्वार्तामा बताएका थिए।

भारतको लागि ३६ टेस्ट, ३२ वानडे र ४१ टि-२० खेलीसकेका राहुलले क्रमशः २००६, १,२३९ तथा १,४६१ रन बनाएका छन्। उनले तिन वटै फर्म्याटमा गरि ११ शतक प्रहार गरिसकेका छन्। आईपीएल करियरमा राहुलले ७७ खेलमा ४५.७६ को औशतले १,८२९ रन बनाएका छन् जुन क्रममा २ शतक र २१ अर्धशतक प्रहार गरिसकेका छन्।

दिल्ली कप्तान ऐयरले बताए पन्जाबसंग हारको कारण

हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’

दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा उक्लियो

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम





थप समाचार

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ । सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सका कप्तान […]

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौं । क्यानडा-११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको […]

सिरिज जित्न नेपालद्वारा क्यानडालाई १८२ रनको लक्ष्य

काठमाडौं । क्यानडा-११ विरुद्ध सिरिज जित्नका लागि नेपालले १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा […]

नेपालले टस हार्यो, जोरा कप्तानमा निरन्तर

काठमाडौं । क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस हारेको छ । अन्तिम तथा निर्णायक खेलमा नेपालले […]

डिसिएल–२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम

दाङ । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग (डिसिएल)-२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम आबद्ध […]

नेपालमाथि नामिबियाको लगातार दोस्रो जित

काठमाडौं । नामिबियाले नेपालमाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक […]