Nepal T20 : अन्तिम बलको छक्काले अल स्टार्सको लगातार तेश्रो जित, नाइट्सको दोश्रो जित

रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । पोखराको यो लगातार तेस्रो हार हो । स्कोरकार्ड 

मङ्गलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीलाई जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा साड्ले भान स्कल्कवेकले छक्का प्रहार गरेका थिए ।

आक्रामक रूपमा प्रस्तुत भएका स्कल्कवेकले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडे । स्कल्कवेकबाहेक कुशल भुर्तेल ३९, उन्मुक्त चन्दले २२ र अनिल साह १९ रनको योगदान गरे ।

पोखराका कुशल मल्लले दुई र विपीन कार्कीले समान दुई विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले समान एक विकेट लिए ।

यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

पोखराबाट आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ६१ रन बनाएका थिए । उनले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । उपुल थरंगाले ४२ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका साड्ले भान स्कल्कवेकले तीन विकेट लिए । गुल्सन झा र किशोर महत्तोले समान दुई विकेट लिँदा हर्मित सिंह र सागर ढकालले एकरएक विकेट झारे ।

लिगको तीन खेलमा नै जित निकालेको लुम्बिनी ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । समान खेल खेल्दा पनि खाता खोल्न नसकेको पोखरा पुछारमा छ ।

काठमाडौं नाइट्सको दोस्रो जित

काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । स्कोरकार्ड 

काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।

जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोराले २६, पवन सराफ २४, शरफुदिन असरफले १९ रआदिल आलमले १६ रन जोडे । बलिङमा काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले तीन विकेट लिए । बसिर अहमदले दुई तथा कमलसिंह ऐरी, सुनाम गौतम, अनिल खरेल र अविनाश बोहोराले एक एक विकेट लिए ।

यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । काठमाडौंका लागि ब्लेकले ८३ रन जोडे । उहाँले ४३ बलमा चार चौका र सात छक्काको सहयोगमा उक्त रन बनाए । विरनदिप सिंहले ४९, अज्मतुल्ला उमरजाइले अविजित ४३ र लोकेस बम १५ रन बनाए ।

बलिङमा जनकपुरका पवन सराफले दुई विकेट लिए। सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

जितसँगै काठमाडौंले तीन खेलबाट चार अङ्क बनाएको छ । जनकपुरको पनि तीन खेलबाट चार नै अङ्क छ । ६ टोलीको सहभागिता रहेको लिग पुस २७ गतेसम्म हुनेछ ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]