भारत भ्रमणमा नेपालको आज अन्तिम अभ्यास खेल

Nepal Cricket Team
  • विकेटनेपाल, असोज ९

भारतको चेन्नाई भ्रमणमा रहेको नेपाल टिमले आज सोमबार अन्तिम अभ्यास खेल खेल्दैछ l चेन्नाईको सेन्टर फर स्पोर्ट्स साइन्सको मिश्रित टिमसंग चौथो अभ्यास खेल हुनेछ ।

सेन्टर फर स्पोर्ट्स साइन्सको मिश्रित टिममा त्यहाँको पहिलो डिभिजनको उत्कृस्ट खेलाडीहरु खेल्ने टिम ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन् ।

खेल भारतीय समय ९:३० बजे बिहान सुरु हुनेछ । स्कोरअपडेट यो लिंकमा र विकेटनेपालको फेसबुक पेजमा समेत हेर्नसक्नु हुनेछ ।

नेपालले हालसम्म भ्रमणमा खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरिसकेको छ ।  पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरे टिमले दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।

नेपालको लगातार तेश्रो जित, शरदको शतक, दिपेन्द्रको बिस्फोट

  • विकेटनेपाल, असोज ७ 

भारतको चेन्नाई भ्रमणमा रहेको नेपाल क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको छ ।

मुरुगुप्प्पा मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले शरद भेसावकरको शतक मदतले पुरै ५० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाई ३११ रन बनाएको थियो । जवाफमा तमिलनाडु ‘ए’ ले ४५.३ ओभरमा १६४ रनमै सबै विकेट गुमाएपछि अर्को सहज जित हात पार्यो ।

नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शरद भेसावकरले शतक प्रहार गर्नेक्रममा ११७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए ।शतक प्रहार गरेलगत्तै उनि आकाशको बलमा लंग अफमा क्याच आउट भएका थिए । नेपालको लागि दोश्रो अभ्यास खेलमा ज्ञानेन्द्र मल्लले पनि शतक बनाएका थिए ।

Sharad Vesawkar
शरद भेसावकर

चौथो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले विस्फोटक इनिंग खेलेपछि नेपालले अन्तिमको ओभरहरुमा धेरै रन बटुल्न सक्यो । ऐरीले मात्र ३७ बलको इनिंगमा ४ छक्का र ८ चौका प्रहार गर्दै ७३ रनको इनिंग खेलेका थिए ।

नेपालको लागि ओपनर सागर पुन र ज्ञानेन्द्र मल्लले ४६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३१ रन बनाएरआउट भएका थिए । सागर ७७ रन बनाउदै ३९ औं ओभरमा आउट भए ।  ९९ बलको सामना गरेका सागरले १ छक्का र ५ चौका प्रहार गरेका थिए ।

दोश्रो इनिंगमा तमिलनाडु ब्याट्सम्यान आर सत्यनारायणले सर्बाधिक ६७ रनको योगदान दिए ।

बिशाल जित दर्ता गर्न नेपाली बलर सन्दिप लामिछानेले सर्बाधिक ३ विकेट हात पारे भने करन केसी र सुशील कंडेलले १-१ विकेट दिलाए ।  बसन्त रेग्मी, ललित भण्डारी र दिपेन्द्र ऐरीले पनि १-१ विकेट आफ्नो नाम गरेका थिए ।

स्कोरकार्ड 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]