आइसीसी बरियतामा नेपालको फड्को

  • विकेटनेपाल, माघ २२ – मंगलबार

संयुक्त अरब इमिरेट्समा एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय खेलको सिरिज जितेर फर्किएको नेपाली टिम यतिबेला चर्चाको शिखरमा छ। नेपालले मात्र आफ्नो दोश्रो एकदिवसीय सिरिजमा ऐतिहासिक सफलता हात पार्यो। युएईलाई २-१ ले पराजित गरेको नेपालले गतवर्ष अगस्टमा नेदरल्यान्ड्ससँग भएको २ खेलको सिरिजमा १-१ को बराबरी खेलेको थियो।

त्यस्तै सन् २०१४ को टि२० विश्वकपमा टि२० क्रिकेटमा डेब्यु गरेको नेपालले उक्त प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेपछि केहि समयको लागि टि२० राष्ट्रको मान्यता पाएको थियो। तर त्यतिबेला टिम सफल हुन सकेन। यो सिरिज भन्दा अगाडी १३ खेल खेलेको नेपालले ३ जितमात्र निकाल्न सकेको थियो। यो सिरिजमा पहिलो खेलमा पराजित नेपालले उत्कृस्ट कमब्याक गर्दै सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो।

आइसीसी बरियतामा नेपाली टिम

उक्त सिरिज जितपछी नेपाली क्रिकेट टिम क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले सार्बजनिक गरेको बरियतामा अटाएको छ। नेपाल एकदिवसीय तर्फ १५ औं स्थान र टि२० तर्फ १४ औं स्थानमा रहेको छ।

एकदिवसीय तर्फ पहिलोपल्ट आइसीसी बरियतामा अटाएको नेपालले अन्तिमबाट सुरुवात गरेको छ। तर नेपालभन्दा ७ खेल धेरै खेलेको संयुक्त अरब इमिरेट्ससँग बराबर (१५) रेटिंग पोइन्ट रहेको छ।

एकदिवसीय बरियता

त्यस्तै टि२० तर्फ भने यसअघि पनि नेपालले स्थान बनाएको थियो। सन् २०१५ मा नेदरल्यान्ड्सको घरेलु भूमिमा ४ खेलको सिरिजपछी नेपालले पहिलोपल्ट बरियतामा देखीएको थियो। उक्त सिरिज नेपालले ३-१ ले गुमाएको थियो। पछिल्लो बरियतामा भने नेपालले टेस्ट राष्ट्र आयरल्याण्ड, ओमान, हंगकंग र युएईलाई पछीपार्दै १४ औं स्थानमा उक्लेको छ। नेपाल भन्दा ५ खेल बढी खेलेको नेदरल्यान्ड्स ७ रेटिंग पोइन्टको अग्रता सहित १३ औं स्थानमा छ।

टि२० बरियता

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy