आइसीसी बरियतामा नेपालको फड्को

  • विकेटनेपाल, माघ २२ – मंगलबार

संयुक्त अरब इमिरेट्समा एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय खेलको सिरिज जितेर फर्किएको नेपाली टिम यतिबेला चर्चाको शिखरमा छ। नेपालले मात्र आफ्नो दोश्रो एकदिवसीय सिरिजमा ऐतिहासिक सफलता हात पार्यो। युएईलाई २-१ ले पराजित गरेको नेपालले गतवर्ष अगस्टमा नेदरल्यान्ड्ससँग भएको २ खेलको सिरिजमा १-१ को बराबरी खेलेको थियो।

त्यस्तै सन् २०१४ को टि२० विश्वकपमा टि२० क्रिकेटमा डेब्यु गरेको नेपालले उक्त प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेपछि केहि समयको लागि टि२० राष्ट्रको मान्यता पाएको थियो। तर त्यतिबेला टिम सफल हुन सकेन। यो सिरिज भन्दा अगाडी १३ खेल खेलेको नेपालले ३ जितमात्र निकाल्न सकेको थियो। यो सिरिजमा पहिलो खेलमा पराजित नेपालले उत्कृस्ट कमब्याक गर्दै सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो।

आइसीसी बरियतामा नेपाली टिम

उक्त सिरिज जितपछी नेपाली क्रिकेट टिम क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले सार्बजनिक गरेको बरियतामा अटाएको छ। नेपाल एकदिवसीय तर्फ १५ औं स्थान र टि२० तर्फ १४ औं स्थानमा रहेको छ।

एकदिवसीय तर्फ पहिलोपल्ट आइसीसी बरियतामा अटाएको नेपालले अन्तिमबाट सुरुवात गरेको छ। तर नेपालभन्दा ७ खेल धेरै खेलेको संयुक्त अरब इमिरेट्ससँग बराबर (१५) रेटिंग पोइन्ट रहेको छ।

एकदिवसीय बरियता

त्यस्तै टि२० तर्फ भने यसअघि पनि नेपालले स्थान बनाएको थियो। सन् २०१५ मा नेदरल्यान्ड्सको घरेलु भूमिमा ४ खेलको सिरिजपछी नेपालले पहिलोपल्ट बरियतामा देखीएको थियो। उक्त सिरिज नेपालले ३-१ ले गुमाएको थियो। पछिल्लो बरियतामा भने नेपालले टेस्ट राष्ट्र आयरल्याण्ड, ओमान, हंगकंग र युएईलाई पछीपार्दै १४ औं स्थानमा उक्लेको छ। नेपाल भन्दा ५ खेल बढी खेलेको नेदरल्यान्ड्स ७ रेटिंग पोइन्टको अग्रता सहित १३ औं स्थानमा छ।

टि२० बरियता





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]