रेटिंग अंकमा कोहलीले तोडे सचिनको रेकर्ड, वरियतामा स्मिथको अग्रता

  • विकेटनेपाल, माघ ४ – बिहिबार

दक्षिण अफ्रिकासँगको सिरिजमा हारका बाबजुत कप्तान विराट कोहली व्यक्तिगत सफलताको मामलामा भने अघिनै देखिएका छन्। उनि भारतका लागि टेस्टमा आइसीसी रेटिंग पोइन्ट ९०० वा सो भन्दा माथि प्राप्त गर्ने दोश्रो खेलाडी बनेका छन्।

आइसीसीले जारि गरेको पछिल्लो वरियताका अनुसार दक्षिण अफ्रिकासँगको दोश्रो टेस्ट अघि ८८० रेटिंग अंक सहित तेस्रो स्थानमा रहेका कोहली दोश्रो टेस्टको पहिलो इनिंगमा १५३ रन प्रहार गरेपछि २० अंक प्राप्त गर्दै ९०० अंक सहित वरियताको दोश्रो स्थानमा उक्लेका हुन्। पहिलो ईनिंगमा प्रहार गरेको १५३ रन उनको टेस्ट क्रिकेटको २१ औं शतक हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा ५३ औं शतक हो ।

कोहली भन्दा अघि सुनिल गाभास्करले आफ्नो ५० औं टेस्ट खेल्नेक्रममा ९१६ अंक बनाएका थिए जुन भारतीय खेलाडीको हालसम्मकै सर्बाधिक रेटिंग अंक हो। मास्टर ब्लास्टर सचिन तेदुलकरले आफ्नो खेल जीवनमा सर्बाधिक ८९८ रेटिंग पोइन्ट प्राप्त गरेका थिए।

रेटिंग अंकमा अस्ट्रेलियन कप्तान स्टिभ स्मिथ कोहली भन्दा निकै अघि छन्।

स्टिभ स्मिथ

पछिल्लो वरियता अनुसार अस्ट्रेलियन कप्तान स्टिव स्मिथ ९४७ अङ्क सहित पहिलो स्थानमा छन् भने विराट कोहली ९०० अङ्क सहित दोश्रो स्थानमा छन्। यस्तै इंग्ल्याण्डका कप्तान जोए रुट ८८१ अङ्क  सहित तेस्रो तथा न्युजिल्याण्डका कप्तान केन विलियम्सन ८५५ अंक सहित चौथो स्थानमा छन्।

यस्तो छ पछिल्लो टेस्ट र्यान्किंग:
ब्याट्सम्यान

भारतसंग दोश्रो टेस्ट पछी दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस २ स्थान माथि उक्लदै १२ औं स्थानमा आएका छन् भने हसिम अमला र डीन एल्गरपनि समान २ स्थान माथि उक्लदै क्रमशः ८ र १४ औं स्थानमा आएका छन्। चेतेश्वर पुजारा १ स्थान तल झर्दै छैठौ स्थानमा पुगेका छन् भने लोकेश राहुल र कुईन्टन डी कक् पनि क्रमशः ६ र ५ स्थान तल झर्दै १८ र २० औं स्थानमा पुगेका छन्।

बलिंग वरियता ( टेस्ट ) 

बलिंगतर्फ शिर्ष स्थानमा रहेका कागीसो रवाडा दोश्रो स्थानमा झरेका छन् भने रविचन्द्रन पनि एक स्थान तल झर्दै पाचौं स्थानमा पुगेका छन् ।  भेर्नन फिलान्डर एक स्थान तल झर्दै सातौँ, केशब महाराज दुई स्थान तल झर्दै १९ औं स्थानमा पुगेका छन् भने मोहम्मद शामी २ स्थान सुधार गर्दै आफ्नो करियरको सर्बाधिक ६७२ रेटिंग अंक सहित १७ औं उक्लिएका छन् ।

अलराउन्डर वरियता

 

यो पनि पढ्नुस :-

 १७ फोटोमा हेर्नुस डिभिजन-२ को लागि नेपालको तयारी

यसरी छनौट हुनसक्छ नेपाल २०१९ को बिश्वकप, कति छ सम्भावना ?

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy