नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक

२०७५ पुष २०, शुक्रबार २०:०६

  • विकेटनेपाल, पुष २० – शुक्रवार 

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली महिला क्रिकेटका शुरुवात कर्ता एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ नामक पुस्कत विमोचन भएको छ ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक समारोहबीच पुस्तक बिमोचन गरिएको हो। क्रियटिभ बुक्सले प्रकासन गरेको यो पुस्तकको मुल्य बजारमा ४ सय २५ रुपैयाँ छ।

विमोचन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरुको सहभागिता रहेको थियो। नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्य, पूर्वकप्तानद्वय पवन अग्रवाल र विनोद दास तथा महिला क्रिकेट टोलीकी पूर्व कप्तान निरा राजोपाध्यायले कार्यक्रममा सहभागिता जनाएका थिए।

क्षेत्रि नेपाली राष्टिय क्रिकेट टोलीका दोस्रो कप्तान पनि हुन् । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टोलीका उपकप्तान भएका क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानीको जिम्मेवारी सम्हालेका थिए।

बिमोचन कार्यक्रममा बोल्दै लेखक एलबी क्षेत्रीले यस पुस्तकमा नेपाली क्रिकेटको ईतिहास, नेपाली क्रिकेट खेलाडीले भोग्नु परेका समस्या, रमाईला पलहरु सबै समेटिएकोले सबैले पढीदिन आग्रह गरे।

सथै नेपाली महिला क्रिकेटको उजागर र थालनी पनि कसरि भएको भन्ने विषयमा पनि पुस्तकमा समाबेश भएको उनले बाताए । पुस्तकमा आफुले जीवनमा भोगेका तीता मिठा पलहरुलाई समाबेस गरेको र सबै सहि ढंगले देखाउन प्रयास गरेकोले सबैले रोचकताका साथ निहालिदिन पनि आग्रह गरे।

क्षेत्रीकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो । भारतको कोलकातामा क्रिकेट सिकेका उनले कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका थिए । क्षेत्रि कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थानिय बासिन्दा हुन्। उनका श्रीमति, एक छोरा र छोरी छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy