विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।

नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ मा सुरु हुदैछ ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम(मौसम) ढकाल

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ ।

पीएनजी २८ खेलमा २ मा जित र २५ मा हारसहित अङ्क तालिकाको पुछारमा रहेको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy