ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए।

फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्। पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ६ टोलीको पनि टुङ्गो लागेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिष्पर्धा गर्दैछन् ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy