लिस्ट ‘ए’ क्रिकेटमा ज्ञानेन्द्रको १ हजार रन पुरा, इतिहासकै दोश्रो नेपाली

Gyanendra Malla
  • विकेटनेपाल, माघ १२ , शनिवार 

लिस्ट ‘ए’ क्रिकेटमा ज्ञानेन्द्र मल्लले १ हजार रन पुरा गरेका छन्। लिस्ट ‘ए’ मा १ हजार रन बनाउने ज्ञानेन्द्र दोश्रो मात्र नेपाली क्रिकेटर हुन्।

युएईसंग जारि सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा मल्लले ओपनिङ्ग ब्याटिंग गर्दै ४४ रन बनाउने क्रममा उनले १ हजार रन पुरा गरेका हुन्। खेल अघि ज्ञानेन्द्रको लिस्ट ‘ए’ मा ९७२ रन रहेको थियो। खेलमा २८ रन बनाउदै उनले हजार रन पुरा गरेका हुन्। इनिंग पछि अहिले ज्ञानेन्द्रको रन १०१६ पुगेको छ।

ज्ञानेन्द्रले १ हजार रन पुरा गर्न ४२ खेलको ४२ इनिंगनै ब्याटिंग गरेका छन्। यस क्रममा उनको एभरेज २६.०५ रहेको छ भने ६२.०६ को स्ट्राईक रेटले रन बनाएका छन्। उनले कुल १६३७ बल खेलेका छन् भने ५ वटा अर्धशतक प्रहार गरेका छन्।

रोचक कुरा त के छ भने ज्ञानेन्द्रले ५ वर्ष अघि युएईसंग लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए। न्युजिल्याण्डमा सम्पन्न एकदिवसीय बिश्व कप छनौट प्रतियोगिताको उक्त खेलमा मल्लले ४ रन बनाएका थिए।

यस क्रममा ज्ञानेन्द्रले केन्यासंग सन् २०१५ को डिभिजन -२ मा बनाएको अविजित ९१ रन सर्वाधिक व्यक्तिगत योगफल हो। क्यानडासंग मल्लले बिश्व कप छनौट २०१४ मा ८६ रनको इनिंग खेलेका थिए।

लिस्ट ‘ए’ मा धेरै रन बनाउने नेपाली ब्याट्सम्यान

लिस्ट ‘ए’ क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान पारस खड्का हुन् भने लिस्ट ‘ए’ मा १ हजार रन पुरा  गर्ने पहिलो नेपाली खेलाडी पनि। पारसले गत वर्ष जिम्बाबेमा सम्पन्न एकदिवसीय बिश्वकप छनौटमा स्कटल्याण्डसंग उक्त रेकर्ड बनाएका थिए।

Paras Khadka
Paras Khadka

युएईसंग जारि सिरिजको दोश्रो खेलमा २१ रन बनाएर आउट भएपछि पारसको लिस्ट ‘ए’ मा कुल रन १२८५ रहेको छ। उनले ३९ खेलको ३९ इनिंगमा उक्त रन बनाउन ३४.७२ को एभरेज र ७८.३५ को स्ट्राईक रेटले रन बनाएका छन्। लिस्ट ए क्रिकेटमा १० खेल भन्दा बढी खेल्ने नेपाली खेलाडीहरुमा सबै भन्दा बढी एभरेस्ट र स्ट्राईक रेट पारसकै रहेको छ।

यस क्रममा खड्काले २ वटा शतक बनाएका छन् भने ९ वटा अर्धशतक प्रहार गरेका छन्। नामिबियासंग सन् २०१६ मा नेपालमै भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा १०३ रन बनाएका पारसले त्यसपछि गत वर्ष बिश्व नामिबियामा सम्पन्न बिश्व क्रिकेट लिग च्याम्पियनसिपको युएईसंगको फाइनलमा अविजित ११२ रन बनाएका थिए।

खेलाडी खेल इनिंग रन सर्बाधिक औसत १०० ५०
पारस खड्का* ३९ ३९ १२८५ ११२* ३४.७२
ज्ञानेन्द्र मल्ल ४२ ४२ १०१६ ९१* २६.०५
शरद भेसावकर ३३ ३२ ८४१ ८१* ३१.१४
सोमपाल कामि ४१ ३७ ४९४ ६१ १८.१६
बिनोद भण्डारी २३ २२ ४२२ ७३ २१.१०

लिस्ट ए क्रिकेटमा नेपालको बलिङ्गतर्फ सोमपाल कामि सर्वाधिक विकेट लिने खेलाडी हुन् जसले कुल ५९ विकेट लिएका छन्। यस्तै सुचीको दोश्रो स्थानमा सन्दिप लामिछाने २५ खेलमा ५२ विकेट सहित छन्। तेश्रो स्थानमा ५० विकेट लिएका बसन्त रेग्मी छन्। पारस खड्का २४ र करन केसी २२ विकेट सहित चौथो र पाँचौ स्थानमा छन्।

नेपालको लिस्ट ए क्रिकेट इतिहास 

नेपालले लिस्ट ए क्रिकेटमा सन् २०१४ को जनवरीमा न्युजिल्याण्डमा आयोजित बिश्व कप छनौटबाट डेब्यु गरेको थियो। त्यसपछि नेपालले हालसम्म कुल ४४ वटा लिस्ट ए खेलहरु खेलेको छ। सबैभन्दा बढी नेपालले युएईसंग ८ वटा लिस्ट ए खेल खेलेको छ भने नेदरल्याण्डसंग ७ वटा खेलेको छ। यस्तै केन्या संग ५ वटा तथा हंगकंग र नामिबियासंग ४/४ वटा लिस्ट ए खेल खेलेको छ। ४४ खेलमा नेपालले १६ वटामा जित र २८ वटामा हार बेहोरेको छ।

के हो लिस्ट ए क्रिकेट ? 

लिस्ट ए क्रिकेट आईसीसीले मान्यता दिएको एकदिवसीय खेल हो। आईसीसीबाट मान्यताप्राप्त खेल तथा एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरु समेत यसमा समाबेस हुने गर्छ। लिस्ट ए क्रिकेटमा आईसीसीको एकदिवसीय मान्यता नपाएको तर आईसीसीले आयोजना गर्ने वा मान्यता दिएको ठुलो क्रिकेट प्रतियोगिताहरुको खेल गनिन्छ। जस्तै नेपालले सन् २०१४ मा खेलेको एकदिवसीय बिश्वकप छनौटको खेल, २०१५-१७ को आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलहरुले लिस्ट ए क्रिकेटको मान्यता पाएको छ। नेपालले खेल्ने एकदिवसीय खेलहरु अब लिस्ट ए र एकदिवसीय अन्तर्राष्ट्रिय रेकर्डमा समेत जोडिन्छ। आईसीसीको टेस्ट राष्ट्रले खेल्ने घरेलु एकदिवसीय प्रतियोगिताले समेत लिस्ट ए मान्यता पाउने गर्छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]