धनगढीमा हुने एलपीएल–४ लाई निष्ट कलेजको प्रायोजन

धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताको चौथो सस्करणलाई पनि काठमाडौंको निष्ट कलेजले मुख्य प्रायोजकका रुपमा साथ दिने भएको छ। गतवर्ष प्रतियोगितामा पनि निष्ट कलेज मुख्य प्रायोजकको रुपमा रहेको थियो।

मुख्य प्रायोजकका लागि आज काठमाडौँमा निष्ट कलेज र आयोजक सस्कार क्रिकेट एकेडेमीबिच सम्झौता भएको छ। कलेजका संस्थापक तथा प्राचार्य डाक्टर माधवप्रसाद बराल र आयोजकसंस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता आदानप्रदान गरेका हुन्।

कार्तिक १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगितामा कैलाली, कञ्चनपुर लगायतका जिल्लाका १३ विद्यालयको सहभागिता रहने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy