ललितपुर मेयर महिला टि-२० : रोमा र रुबिना चम्किदा प्रदेश-१ विजयी

ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा प्रदेश नम्बर-१ ले ललितपुर मेयर्स-११ लाई १६ रनले पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा प्रदेश नम्बर-१ ले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्स-११ ले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ११३ रन मात्र बनाउन सक्यो। स्कोरकार्डअंकतालिका 

मेयर्स-११ को लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन, सुमन खतिवडाले २७ रन, कप्तान सरस्वति चौधरीले १७ रन तथा अस्मिना कर्माचार्यले १२ रन योगदान दिए।

प्रदेश-१ को बलिंगमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट ( ४-०-१८-३ ) हात पारिन् भने सबनम राई र ज्योति दनवारले १/१ विकेट लिईन्।

https://www.facebook.com/WicketNepal/posts/2150944841708973

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नम्बर-१ ले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १२८ रन बनाएको थियो।

प्रदेश-१ को लागि रोमा थापाले अविजित अर्धशतक बनाउने क्रममा ५७ बलमा १० चौका मद्दतले ६६ रन बनाईन्। अप्सरी बेगमले अविजित २६ रन तथा रुबिना क्षेत्रीले २१ रन योगदान दिईन्।

मेयर्स-११ को बलिंगमा सन्तोषी चौधरी र सरस्वति चौधरीले समान १ विकेट हात पारिन्।

जितपछि प्रदेश-१ लिग चरणको सम्पूर्ण खेल खेल्दा ४ खेलमा २ जित र २ हार पछि अंकतालिकाको तेश्रो स्थानमा रह्यो। यस अघिनै अंकतालिकाको पहिलो स्थानमा रहेको एपीएफ र दोश्रो स्थानमा रहेको सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेका छन्। ललितपुर मेयर्स-११ भने ४ खेलमा १ जित र ३ हार पछि चौथो स्थानमा रह्यो।

धेरैले पढेको 

https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/

https://wicketnepal.com/pak-beat-sa-to-win-2-1-ser/

https://wicketnepal.com/covid-19-vaccine-cricketer-wn21/

 





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]