ललितपुर मेयर महिला टि-२० : रोमा र रुबिना चम्किदा प्रदेश-१ विजयी

२०७७ चैत्र २६, बिहीबार १३:०६

ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा प्रदेश नम्बर-१ ले ललितपुर मेयर्स-११ लाई १६ रनले पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा प्रदेश नम्बर-१ ले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्स-११ ले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ११३ रन मात्र बनाउन सक्यो। स्कोरकार्डअंकतालिका 

मेयर्स-११ को लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन, सुमन खतिवडाले २७ रन, कप्तान सरस्वति चौधरीले १७ रन तथा अस्मिना कर्माचार्यले १२ रन योगदान दिए।

प्रदेश-१ को बलिंगमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट ( ४-०-१८-३ ) हात पारिन् भने सबनम राई र ज्योति दनवारले १/१ विकेट लिईन्।

https://www.facebook.com/WicketNepal/posts/2150944841708973

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नम्बर-१ ले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १२८ रन बनाएको थियो।

प्रदेश-१ को लागि रोमा थापाले अविजित अर्धशतक बनाउने क्रममा ५७ बलमा १० चौका मद्दतले ६६ रन बनाईन्। अप्सरी बेगमले अविजित २६ रन तथा रुबिना क्षेत्रीले २१ रन योगदान दिईन्।

मेयर्स-११ को बलिंगमा सन्तोषी चौधरी र सरस्वति चौधरीले समान १ विकेट हात पारिन्।

जितपछि प्रदेश-१ लिग चरणको सम्पूर्ण खेल खेल्दा ४ खेलमा २ जित र २ हार पछि अंकतालिकाको तेश्रो स्थानमा रह्यो। यस अघिनै अंकतालिकाको पहिलो स्थानमा रहेको एपीएफ र दोश्रो स्थानमा रहेको सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेका छन्। ललितपुर मेयर्स-११ भने ४ खेलमा १ जित र ३ हार पछि चौथो स्थानमा रह्यो।

धेरैले पढेको 

https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/

https://wicketnepal.com/pak-beat-sa-to-win-2-1-ser/

https://wicketnepal.com/covid-19-vaccine-cricketer-wn21/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy