लोकेश राहुलले प्रहार गरे आईपीएलकै सबैभन्दा छिटो अर्धशतक

  • विकेटनेपाल, चैत्र २५ – आइतबार 

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स ईलाभेन पन्जाब र दिल्ली डेयरडेभिल्सबिचको खेलमा पन्जाबका खेलाडी लोकेश राहुलले विस्फोटक ब्याटिंग गर्दै नयाँ किर्तिमान कायम गरेका छन्।

दिल्लीले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा राहुलले मात्र १४ बलमा अर्धशतक प्रहार गरेका हुन्। राहुलले अर्धशतक बनाउनेक्रममा ६ चौका र ४ छक्का प्रहार गरे।

सुरुवातबाटनै आक्रामक खेल देखाएका उनले ट्रेन्ट बोल्टले गरेको पहिलो ओभरमा १६ रन बनाएका थिए भने त्यसपछि मोहम्मद शामीले गरेको दोश्रो ओभरमा पनि ३ बलको सामना गर्दै ११ रन प्रहार गरेका थिए।

त्यसपछि अमित मिश्रले गरेको ओभरको पहिलो ५ बलमा उनले २ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए। अन्त्यमा ५१ रनको स्कोरमा १६ बलको सामना गर्दै ट्रेन्ट बोल्टको बलमा मोहम्मद शमीबाट समातिए। राहुल आउट हुँदा पन्जाबको स्कोर ५ ओभरको समाप्तीमा २ विकेट गुमाएर ६४ रन पुगेको थियो।

आईपीएलमा सर्बाधिक छिटो अर्धशतक बनाउने खेलाडीहरु :- 

लोकेश राहुल (पन्जाब) -१४ बल Vs दिल्ली
सुनिल नारायण (कोलकत्ता) – १५ बल Vs बेंगलोर
युसुफ पठान (कोलकत्ता) – १५ बल Vs हैदरावाद
सुरेश रैना (चेन्नाई) – १६ बल Vs पन्जाब

के-के भयो राहुलले सामना गरेको १४ बलमा – 

डट बल, २ रन, डट बल, छक्का ,चौका, चौका, छक्का, चौका, १ रन , चौका, छक्का, छक्का, चौका, चौका

टि-२० मा छिटो अर्धशतक बनाउने खेलाडीहरु 

युबराज सिंह – १२ बलमा ( सन् २००७ )
क्रिस गेल – १२ बलमा ( सन् २०१६ )
मार्कस थ्रेसकोथिक – १३ बलमा ( सन् २०१० )
इमरान नजिर –  १४ बलमा ( सन् २००५ )
जीएल ब्रोफी – १४ बलमा ( सन् २००६ )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]