EPL : एकै खेलमा बन्यो ४१५ रन, ललितपुरको जितमा ओमरजाईको उत्कृस्ट अलराउण्ड प्रदर्शन

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत शुक्रबारको पहिलो खेलमा ललितपुर पेट्रिएट्सले बिराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। बिराटनगर खेलेको सबै ३ खेलमा पराजित भएको छ।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा ललितपुरले दिएको २२७ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले दिएको २२७ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले २० ओभरमा ८ विकेट क्षेतीमा १८९ रन मात्र बनाउन सक्यो। दुई इनिंग्स जोड्दा बनेको ४१५ रन ईपीएल इतिहाँसमै एकै खेलमा बनेको दोश्रो सर्वाधिक रन हो। सबैभन्दा बढी २०१८ मा भैरहवा र चितवन बीचको खेलमा सर्वाधिक ४३१ रन बनाएको थियो।

बिराटनगरको ब्याटिंगमा दिलशान मुनविराले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले ३७ रन, चन्द्रपौलले २८ तथा सिकन्दर रजाले २४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा बिराटनगर ओपनर चन्द्रपौल हेमराज र आसिफ शेखले ५० रनको साझेदारी गरे। हेमराजलाई चौंथो ओभरमा अज्मतुल्लाह ओमरजाईले क्याच आउट गरे। दोश्रो विकेटको लागि आसिफले दिलशान मुनाविरासंग ५५ रन जोडे। एघारौं ओभरमा आसिफलाई ललित राजबंशीले क्याच आउट गरे। मुनाविराले तेश्रो विकेटको लागि सिकन्दर रजासंग ४५ रन जोडे।  १५ औं ओभरमा ललित राजबंशीले रजालाई क्याच आउट गरेपछि ललितपुर खेलमा हावी रह्यो। लगत्तै ओभरमा अज्मतुल्लाह ओमरजाईले एकै ओभरमा तिन विकेट लिने क्रममा मुनविरा, करन केसी र सौरभ खनाललाई पेभेलियन फर्काए। त्यसपछि बिराटनगर खेलमा फर्कन सकेन।

ललितपुरको बलिंगमा अफगानिस्तानका फास्ट बलर अज्मतुल्लाह ओमरजाईले सर्वाधिक ४ विकेट ( ४-०-४२-४ ) लिए।  ललित राजबंशीले २ विकेट ( ४-०-२५-२ ) तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए।

सन्दुन विराक्कोडीले सर्वाधिक ७३ रन बनाए

टियु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिंग गरेको ललितपुरले जारि लिग इतिहासकै सर्वाधिक योगफल बनाउने क्रममा २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो।

ललितपुरको ब्याटिंगमा श्रीलंकन ब्याट्सम्यान सन्दुन विराक्कोडीले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै अफगानी ब्याट्सम्यान अज्मतुल्लाह ओमरजाईले मात्र २४ बलमा ७ छक्का मद्दतले अविजित ५८ रन बनाए। उनले २१ बलमै अर्धशतक पुरा गरेका थिए जुन ईपीएल इतिहाँसकै सबैभन्दा छिटो अर्धशतक हो। यस्तै कप्तान कुशल भुर्तेलले १७ बलमा ४ चौका र २ छक्का मद्दतले ३२ रन तथा योगेन्द्र सिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का मद्दतले २७ रन बनाए। यस्तै नारायण जोशीले अन्तिममा आक्रामक ब्याटिंग गर्दै ४ बलमा ३ छक्का मद्दतले अविजित १८ रन बनाए।

ललितपुरको सुरुवात उत्कृस्ट रह्यो। पावरप्लेको पहिलो ६ ओभरमा विराक्कोडी र भुर्तेलले ७० रनको साझेदारी गरे। छैठौं ओभरको अन्तिम बलमा भुर्तेललाई दिल्शान मुनविराले विकेटपछाडी क्याच आउट गरे। दोश्रो विकेटको लागि विराक्कोडीले योगेन्द्र सिंह कार्कीसंग ४१ रन जोडे। एघारौं ओभरमा योगेन्द्रलाई सिकन्दर राजाले क्याच आउट गरे। त्यसपछि पवन सर्राफ मात्र २ रन बनाएर आउट भए भने १५ औं ओभरमा विराक्कोडीलाई करन केसीले विकेट पछाडी आसिफ शेखबाट क्याच आउट गरे। त्यसपछि ओमरजाईले जयकिशन कोल्सवालासंग ६० रनको साझेदारी गर्दै योगफल २ सय पुर्याए। कोल्सवाला आउट भएपछि अन्तिम ओभरमा नारायण जोशीले आक्रामक ब्याटिंग गरे।

बिराटनगरको बलिंगमा करन केसीले सर्वाधिक २ विकेट ( ४-०-४३-२ ) तथा सिकन्दर राजा ( २-०-२७-१ ) , प्रतिस जिसी ( ३-०-४३-१ ) र दिल्शान मुनविराले ( ३-०-१३-१ ) विकेट लिए।

जितपछि ललितपुर पेट्रिएट्स अंकतालिकामा ४ खेलमा १ जित, १ हार र १ बराबरी नतिजा पछि ३ अंक सहित चौंथो स्थानमा उक्लेको छ। बिराटनगर भने खेलेको तिनवटै खेलमा पराजित हुँदै पुछारमा छ। अब प्लेअफ पुग्न बिराटनगरलाई दुई वटै खेलमा जित आवस्यक रहेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]