EPL : ललितपुरको किर्तिमानी योगफल, बिराटनगरलाई विशाल लक्ष्य

एभरेष्ट प्रिमियर लिग टि-२० अन्तर्गत शुक्रबारको पहिलो खेलमा कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्स र करन केसी कप्तानीको बिराटनगर वारियर्स प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिंग गरेको ललितपुरले जारि लिग इतिहासकै सर्वाधिक योगफल बनाउने क्रममा २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाउदै बिराटनगरलाई २२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

ललितपुरको ब्याटिंगमा श्रीलंकन ब्याट्सम्यान सन्दुन विराक्कोडीले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै अफगानी ब्याट्सम्यान अज्मतुल्लाह ओमरजाईले मात्र २४ बलमा ७ छक्का मद्दतले अविजित ५८ रन बनाए। कुशल भुर्तेलले १७ बलमा ४ चौका र २ छक्का मद्दतले ३२ रन तथा योगेन्द्र सिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का मद्दतले २७ रन बनाए।  यस्तै नारायण जोशीले अन्तिममा आक्रामक ब्याटिंग गर्दै ४ बलमा ३ छक्का मद्दतले अविजित १८ रन बनाए।

ललितपुरको सुरुवात उत्कृस्ट रह्यो। पावरप्लेको पहिलो ६ ओभरमा विराक्कोडी र भुर्तेलले ७० रनको साझेदारी गरे। छैठौं ओभरको अन्तिम बलमा भुर्तेललाई दिल्शान मुनविराले विकेटपछाडी क्याच आउट गरे। दोश्रो विकेटको लागि विराक्कोडीले योगेन्द्र सिंह कार्कीसंग ४१ रन जोडे। एघारौं ओभरमा योगेन्द्रलाई सिकन्दर राजाले क्याच आउट गरे। त्यसपछि पवन सर्राफ मात्र २ रन बनाएर आउट भए भने १५ औं ओभरमा विराक्कोडीलाई करन केसीले विकेट पछाडी आसिफ शेखबाट क्याच आउट गरे। त्यसपछि ओमरजाईले जयकिशन कोल्सवालासंग ६० रनको साझेदारी गर्दै योगफल २ सय पुर्याए। कोल्सवाला आउट भएपछि अन्तिम ओभरमा नारायण जोशीले आक्रामक ब्याटिंग गरे।

बिराटनगरको बलिंगमा करन केसीले सर्वाधिक २ विकेट ( ४-०-४३-२ ) तथा सिकन्दर राजा ( २-०-२७-१ ) , प्रतिस जिसी ( ३-०-४३-१ ) र दिल्शान मुनविराले ( ३-०-१३-१ ) विकेट लिए।

लिग अंकतालिकामा बिराटनगर दुवै खेलमा हार बेहोर्दै छैठौं स्थानमा छ जो पहिलो खेलमा चितवन टाइगर्ससंग २ विकेटले तथा दोश्रो खेलमा भैरहवा ग्ल्याडीएटर्ससंग ६ विकेटले पराजित भएको थियो। ललितपुर अंक तालिकामा पाँचौ स्थानमा छ जसले ३ खेलमा २ हार र १ बराबरी नतिजा ल्याएको छ। पहिलो खेलमा काठमाडौँ किंग्स-११ संग ७ विकेटले तथा दोश्रो खेलमा पोखरा राइनोजसंग ९ विकेटले पराजित भएको ललितपुर तेश्रो खेलमा भैरहवासंग बराबरीमा रोकिएको थियो।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]