अफ्रिदी र सन्दिप प्रभावहिन हुँदा मुखिया चम्किए , सर्राफको अर्धशतकमा ललितपुरले बनायो १५८ रन

एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करणको उद्घाटन खेलमा ललितपुर पेट्रिएट्स र काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५७ रन बनाउदै काठमाडौँलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ललितपुरको ब्याटिंगमा पवन सर्राफले सर्वाधिक ६१ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। योगेन्द्र सिंह कार्कीले २० बलमा ३ छक्का मद्दतले ३३ रन बनाए। भुटानी ब्याट्सम्यान मिक्यो दोर्जीले १३ बलमा १ चौका र १ छक्का मद्दतले अविजित १७ रन तथा नारायण जोशीले ४ बलमा ३ चौका मद्दतले १२ रन बनाए।

ललितपुरको सुरुवात अत्यन्त खराब रह्यो। पहिलो ओभरमै उसका दुई ओपनर कुशल भुर्तेल खाता नखोली तथा सन्दुन विराक्कोडी २ रन बनाएर जितेन्द्र मुखियाबाट क्याच आउट भए। भुर्तेल पहिलो बलमै आउट भए। दोश्रो ओभरमा ओशाडा फर्नान्डो ४ रन बनाएर गुल्सन झाबाट एलबिडब्लु भए।

७ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा पवन सर्राफले आक्रामक ब्याटिंग गर्दै टिमलाई दबाब मुक्त गरे। सर्राफले शाहिद अफ्रिदीको स्पेलको पहिलो ओभरमा छक्का र चौका प्रहार गरे। उनले चौंथो विकेटको लागि शंकर रानासंग ५६ रनको साझेदारी गरे। दशौँ ओभरमा शंकरलाई मुखियाले तेश्रो शिकार बनाए। त्यसपछि सर्राफले योगेन्द्र सिंह कार्कीसंग ६.२ ओभरमा ६२ रनको साझेदारी गरे। सर्राफ र कार्की दुवैलाई लेग स्पिनर रायन बर्लले लगातार बलमा पेभेलियन फर्काए।

काठमाडौँ किंग्स-११ को बलिंगमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १८ रन खर्चिए। यस्तै गुल्सन झाले २ ( ४-०-३५-२ ) तथा रायन बर्लले २ विकेट ( ४-०-२०-२ ) लिए।  पाकिस्तानी स्टार स्पिनर शाहिद अफ्रिदी ४ ओभरमा ३२ रन खर्चेर विकेटविहिन रहे। यस्तै कप्तान सन्दिप लामिछानेले पनि ४ ओभरमा ४४ रन खर्चिंदा विकेट लिन सकेनन्।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]