EPL : ललितपुरद्वारा पोखरालाई ५२ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग अन्तर्गत लिगको चौंथो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गरिरहेका छन्। खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि खेल मात्र ७ ओभरको खेलाइएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको ललितपुर पेट्रिएट्सले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाउदै पोखरालाई ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए भने नारायण जोशीले ११ तथा ओशाडा फर्नान्डोले १० रन बनाए।  कप्तान कुशल भुर्तेल ३ रन, पवन सर्राफ ५ रन तथा अज्मतुलाह ओमरजाईले १ रन बनाए।

पोखराको बलिंगमा नन्दन यादवले सर्वाधिक ३ विकेट ( २-०-११-३ ) लिए भने बिक्रम सोबले २ ( २-०-११-२ ) तथा केसरिक् विलियम्सले १ विकेट ( २-०-१५-१ ) लिए।

लिग अन्तर्गत आफ्नो पहिलो खेलमा ललितपुर पेट्रिएट्स काठमाण्डौ किंग्स-११ संग ७ विकेटले पराजित भएको थियो। यस्तै पोखरा राइनोजले भने भैरहवा ग्ल्याडीएटर्ससंग खेल वर्षाका कारण नतिजाविहिन रहंदा अंक बाँडेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy