सन्दिप र सौरभ चम्किदा लुम्बिनीद्वारा प्रदेश-२ लाई चुनौतीपूर्ण लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन टियु मैदान कीर्तिपुरमा समुह ‘बि’ अन्तर्गत खेलमा लुम्बिनी प्रदेश र प्रदेश-२ प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिमको यो पहिलो खेल हो।

खेलमा टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाउदै प्रदेश-२ लाई २५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

लुम्बिनीको लागि सन्दिप रजालीले सर्वाधिक ८३ रन बनाए जुन क्रममा १०७ बलमा ११ चौका प्रहार गरे। यस्तै सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का मद्दतले ५६ रन बनाए। बिक्रम भुसालले ३६, कृष्ण कार्कीले १० रन योगदान दिए।

Sandeep Rajali

पहिलो ३ विकेट ४२ रनमा गुमेपछि तेश्रो विकेटको लागि रजाली र खनालले ९५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। खनाललाई २७ औं ओभरमा हरिशंकर शाहले क्याच आउट गर्दै साझेदारी तोडेका थिए। खनालको विकेट पछि पनि रजालीले एक किनार सम्हाल्दै ४१ औं ओभरसम्म ब्याटिंग गरेका थिए। रजालीलाई कुमार थापाले आफैद्वारा क्याच आउट गराए। इनिंगको अन्तिममा बिक्रम भुसालले केहि आक्रामक सट खेल्दै टिमको योगफल २५० पार गराएका थिए।

प्रदेश-२ को बलिंगमा अफ स्पिनर हरिशंकर शाहले सर्वाधिक ३ विकेट लिए। दिभ्याँशु मलिकले २ तथा सैफुल्लाह अन्सारी, कुमार थापा र बिशाल सुश्लिंगले समान १ विकेट लिए।

स्कोरकार्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy