धनगढी मेयर एलपीएल : शारदा र स्टेपिङ विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।

आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको विशाल विजयी लक्ष पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । उसका खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् ।

सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए ।

यस अघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे ।
सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदे पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए ।

आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवती माथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो । उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङ तर्फ स्टेपिङका दिनेश ओडले ४, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान २/२ विकेट लिए ।

यस अघि स्टेपिङका लागि अभिषेक कुवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यान दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २÷२ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच अभिषेक कुँवर भए । गेम चेन्जर अवार्ड दिनेश वडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए ।

सत्यवती यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरी सकेको टिम हो ।

समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार बिहान ९ः३० बजे काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । भोलिको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्ने छ । हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भूषण यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

एलपीएलको जारी संस्करणको उपाधि विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]