एलपीएलको अन्तिम चारमा पुग्ने ४ टिमको टुङ्गो, नव बालबाटिका बौनिया पनि सेमिफाइनलमा

२०७९ फाल्गुन २, मंगलवार ११:१५

कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को अन्तिम चारमा पुग्ने टिमको टुङ्गो लागेको छ । सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो । जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यस अघि नै अन्तिम चारमा पुगिसेका टोली हुन् ।

सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४‍.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । उसका सचिन साउदले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नव बाल बाटिकाका बलर नर बहादुर सार्कीले ह्याट्रिक सहित ४ विकेट लिए । उनले इनिङ्सको तेह्रौँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए । गजेन्द्र बोहराले ३ तथा प्रकाश जैसीले २ विकेट लिए ।

त्यस अघि बालबाटिकालाई प्रवेश साउद र विराट सिंह भण्डारीले समान २९ रनको योगदान दिए । प्रकाश जैसीले २५ तथा गजेन्द्र बोहराले २० रन बनाए । गुराँसको बलिङमा सचिन साउदले ३ तथा प्रकाश रोकायाले २ विकेट लिए ।

सोमबारको दोस्रो खेलमा वेष्टन क्रिष्टलले होली फेमिली माथि सान्त्वना जित निकालेको छ ।

टस जिते ब्याटिङ गरेको होली फेमिलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको वेष्टन क्रिष्टलले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका हृतिक थापाले ४२ र आशिष् तिरुवाले ३६ तथा नीरज ऐरले अविजित २४ रन बनाए । बलिङ तर्फ होली फेमिलीका राहुल भण्डारीले २ विकेट लिए ।

त्यस अघि होली फेमिलीको इनिङमा कैलाश क्षेत्रीले ३९ र अभिषेक बुढाले २८ तथा मनोज खड्काले २७ रन बनाए । बलिङ तर्फ वेष्टनका रोशन थापा र सुधांशु रावलले समान २/२ विकेट लिए ।

दुवै टोली प्रतियोगिताबाट भने बाहिरी सकेका छन् ।

अब प्रतियोगितामा मङ्लबार लिग चरणको अन्तिम खेल शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबिच हुनेछ । दुवै टोली प्रतियोगिताको उपाधि होडबाट भने बाहिरिइसकेका छन् । बिहीबार दुई सेमिफाइनल र शनिवार उपाधि भिडन्त हुनेछ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy