लंका प्रिमियर लिग : दाम्बुलालाई पराजित गर्दै जाफ्ना फाइनलमा

दोश्रो सेमीफाइनलमा दाम्बुला भाइकिंगलाई ३७ रनले पराजित गर्दै थिसारा परेरा कप्तानीको जाफ्ना स्टालियन्सले श्रीलंकामा जारि लंका प्रिमियर लिगको फाइनलमा दाम्बुलासंग स्थान पक्का गरेको छ।

सोमबार राति महिन्दा राजापाक्षे स्टेडियममा सम्पन्न खेलमा जाफ्नाले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा दाम्बुलाले १९.१ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको हो।

दाम्बुलाको लागि उपुल थरंगाले सर्वाधिक ३३, निरोशन डिकवेलाले २९ तथा रमेश पुस्पकुमाराले २६ रन योगदान दिए। तेश्रो विकेटको लागि डिकवेला र थरंगा बीच ४४ रनको साझेदारी बाहेक अन्य ठुलो साझेदारी दाम्बुलाको इनिंगमा हुन सकेन।

जाफ्नाको बलिंगमा वानिन्दु हसरंगाले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १५ रन खर्चेर ३ विकेट लिए। धनन्जय डी सिल्भा, सुरंगा लक्मल, चरिथ असलंका, डुएन ओलिभर र चतुरंगा डी सिल्भाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको जाफ्नाले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो।

Jaffna Stallions Johnson Charles plays a shot during the Lanka Premier League (LPL)

जाफ्नाका ओपनर जोनाथन चार्ल्सले सर्वाधिक ७६ रन बनाए जुन क्रममा ५६ बलमा १० चौका र १ छक्का हिर्काए। अभिस्का फर्नान्डोले ३९ रन बनाए। पहिलो विकेटको लागे फर्नान्डो र चार्ल्सले ६८ रनको तथा दोश्रो विकेटको लागि चार्ल्स र असलंका बीच ४३ रनको साझेदारी गरे।

दाम्बुलाको बलिंगमा मालिन्दा पुस्प्कुमाराले २ विकेट तथा लहिरु कुमारा, अनवर अलि र रमेश मेन्डिसले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच जोनाथन चार्ल्स चुनिए।

लिगको पहिलो संस्करणको उपाधिको लागि बुधबार गाल ग्ल्याडीएटर्स र जाफ्ना बीच प्रतिस्पर्धा हुनेछ। गालले पहिलो सेमीफाइनलमा कोलोम्बो किंग्सलाई २ विकेटले पराजित गरेको थियो।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]